बिहीबार, चैत ५, २०८२

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले के खाने, के नखाने ?

विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइन अथवा आइसोलेसनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ। घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै मानिसहरु आफूलाई आइसोलेट गर्न थालेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्डहरु कायम गरिरहेको छ। यसकारण संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुले आफूलाई आइसोलेसनमा राख्‍ने गरेका छन्। 

National life

यस्तो अवस्थामा यदि तपाईंले आफ्नो पौष्टिक आहारमा परिर्वतन गरिएन भने विभिन्‍न अन्य समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ। यो कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले आफूलाई फिट गर्नुपर्ने बताइरहेको छ। 

खानपिन कस्तो हुनु पर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइन अथवा आइसोलेसनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ। घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ। यसका साथै धेरै चिया अथवा कफिको सेवन गर्नु हुँदैन। धेरै चिया–कफी पिउनाले पेट सम्बन्धि समयस्याहरुको सामना गर्न पर्ने हुन सक्छ।

 के खाने, के नखाने?

Laxmi sunrise bank
kumari

आफ्नो पौष्टिक आहारमा धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुराहरु जस्तै तरकारी, फलफुल, दाल, गेडागुडि, ओट्स, ब्राउन पास्ता, ब्राउन राइस आदि खानेकुरा समावेश गर्नु पर्छ। यसले पाचन क्रिया राम्रो हुन्छ भने एसिडिटी, कब्जियत र अन्य समस्याहरुको सामना गर्नु पर्दैन।

आइसोलेसनको क्रममा शरीरलाई हाइड्रेट राख्नका लागि दिनभरीमा कम्तिमा पनि ८–९ गिलास पानी पिउनु पर्छ। यसका साथै दिनमा दुई पटक ग्रीन टी, एक गिलास कागती पानी पिउनु पर्छ। एक गिलास जूस अथवा एक गिलास दुध सेवन गर्नु पर्छ।

पानीमा अमिलो फलहरु, काँक्रो अथवा जडिबुटि, पुदिना, बेरीज, रोजमेरी आदिलाई मिसाएर पिउन सकिन्छ।

विश्व स्वास्थ संगठनका अनुसार यस अवधिमा मदिरा सेवन गर्नु हुँदैन। यसो गर्दा कोरोनाको खतरा झन् बढ्छ।

आफ्नो पौष्टिक आहारमा त्यस्ता खानाहरु अत्याधिक सेवन गर्नु पर्छ, जसमा भिटामिन सी र डी अत्यधिक मात्रामा हुन्छ। यसले तपाईंको रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ। खानापछि सख्खर र सुप सेवन गर्नु पर्छ। यसले खाना पचाउन सजिलो हुन्छ।

प्रकाशित: Jan 21, 2022| 05:00 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्