आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ...त्यसैले थपेनन् प्रधानसेनापतिले उपरथी कार्कीको पदावधि

...त्यसैले थपेनन् प्रधानसेनापतिले उपरथी कार्कीको पदावधि

तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम गरेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफ्नो पदावधि नथपिएको भन्दै आफ्नै प्रधानसेनापतिविरुद्ध प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएपछि जंगी अड्डाभित्र यो खबरले ठूलै तरंग ल्याएको छ। 

triton college

आफूलाई पन्छाएर जुनियर दुई उपरथीको पदावधि थपका लागि सिफारिस गरिएपछि मंगलबार उपरथी कार्कीले रक्षा मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएका हुन्। 

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा जंगी अड्डाले पदावधि थप गर्ने उपरथीको सूचीमा आफ्नो नाम अटाएको भए तापनि हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यो निर्णय उल्टाएकोप्रति उपरथी कार्कीले चित्त दुखाएका छन्। 

पदावधि थपका लागि वरीयतामा आफूभन्दा पछाडि रहेका जुनियर दुई उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको मात्रै नाम सिफारिस गरिएपछि कार्की न्याय पाउ भन्दै प्रधानमन्त्रीको शरणमा पुगेका हुन्। प्रधानसेनापतिले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखेर विधि र प्रक्रिया विपरित कदम चालेको’ उपरथी कार्कीको आरोप छ।  

सैनिक ऐन अनुसार प्रधानसेनापतिले सिफारिस गरे उपरथीको २ वर्ष पदावधि थप हुनसक्छ। पदावधि थप नभए कार्कीले यही २३ माघमा अवकाश पाउनेछन्।

corrent noodles
Metro Mart

प्रधानसेनापति शर्माले गत पुस १६ गते दुई उपरथीको पदावधि थप्न रक्षा मन्त्रालयमा सिफारिस पठाएका थिए। जसमा खड्का र पाण्डेको नाम थियो। र, उक्त सिफारिस मन्त्रिपरिषदमा विचाराधीन रहेको अवस्थामा अवकाश मिति नजिकिँदै गरेका उपरथी कार्कीले प्रधानसेनापतिविरुद्ध उजुरी दिएपछि यसले सैनिकवृत्तमा हलचल ल्याएको छ। 

'चेन अफ कमान्ड'मा चल्ने सैनिक संगठनमा यसरी सैन्य अधिकारी प्रधानसेनापतिविरुद्ध प्रधानमन्त्रीको शरणमा कमै पुग्ने गर्छन्। त्यसकारणले पनि यो विषयले जंगी अड्डामा तरंग ल्याएको हो। 

किन पन्छाइए उपरथी कार्की? 

प्रधानसेनापति प्रभुराम शर्माले वरीयताक्रममा माथि रहेका उपरथी कार्कीलाई पन्छाएर किन उनीभन्दा जुनियर उपरथीलाई पदावधि थपका लागि सिफारिस गरे त? यो अहिले सर्वत्र उठिरहेको प्रश्न हो।

यसबारे हामीले जंगी अड्डामा कार्यरत प्रधानसेनापति निकट श्रोतसँग बुझ्दा पछिल्लो समय उपरथी कार्कीविरुद्ध जंगी अड्डाभित्रै बढिरहेको असन्तुष्टि र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा परेको उजुरी पनि कारण हो। 

अहिले उपरथी कार्कीले जसरी प्रधानसेनापतिविरुद्ध उजुरी गरे, त्यसैगरी असोज ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय र रक्षा मन्त्रालयमा पनि उनीसँगै उपरथीहरु प्रेम शाही, रघु भण्डारीलगायत सैनिक अधिकारीविरुद्ध विभिन्न आरोपमा छानबिनको मागसहित बेनामी उजुरी परेको थियो। उजुरीको दर्ता नम्बर २२६५ रहेको छ। 

तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम गरेको छ।

पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा उपरथी कार्की सबैभन्दा विश्वासका पात्र थिए। ‘त्यतिबेला थापाले उपरथी कार्कीलाई आफ्नो किचन क्याबिनेटमै राखेका थिए,’ जंगी अड्डा श्रोतको दाबी छ, ‘त्यतिबेला कार्कीले आफ्नो समूह बाहिर र प्रतिस्पर्धामा रहेका सैन्य अधिकारीहरुकै विरुद्ध खेल रचे। प्रभुराम शर्माकै फोन ट्यापिङ भएकोसम्म चर्चा जंगी अड्डामा चल्यो। त्यहीँबाट शर्मा उनीसँग रिसले चुर थिए।’

तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम गरेको छ।

उनको ‘ब्याड रेकर्ड’मा सशस्त्र जनयुद्धका बेला कोतघरका सबै बम सिध्याएको आरोप  पनि छ। ‘त्यतिबेला जुम्लाको खलंगामा उनी गुल्मपति हुँदा कतै टाढै डाँडाबाट माओवादीले उनको ब्यारेकमा दुई-तीन राउन्ड फायर गरेको थियो,’ उच्च  सैनिक स्रोत भन्छ, ‘त्यतिबेला लडाईं हुने अवस्था पनि थिएन। तैपनि उनले डराएर युद्धको अन्तिम अवस्थामा मात्रै प्रयोग गरिने ब्यारेकभित्र रहेका 'हाई एक्सक्लुसिभ' बम सबै सिध्याएका थिए। उनले त्यतिबेला गुल्मका ८१ मिलिमिटर मोटार र २ इन्च मोटार सबै सिध्याएका थिए।’

त्यतिबेला त्यस क्षेत्रको बाहिनीपति सहायकरथी सदीपबहादुर शाह थिए। बम दुरुपयोग गरेको आरोपमा त्यतिबेला उनीमाथि आन्तरिक छानबिन नै चलेको थियो। तर राजनीतिक शक्तिसँगको लबिङका कारण जोगिएको आरोप उनीमाथि छ। 

यतिमात्रै होइन, उनीमाथि परेको उजुरीमा शान्ति मिसनका लागि सुडान जाँदा मिसन इलाकाबाटै भागेको आरोप पनि छ। आरोपअनुसार सेनानी दर्जामा रहँदा उपरथी कार्की सुडानमा सैनिक पर्यवेक्षकका रुपमा खटिएका थिए। त्यतिबेला विदेशी पर्यवेक्षकसँग झगडा गरेपछि उनी त्यहाँ बस्न सक्ने अवस्था भएन। त्यसैले मिसन अवधि एक वर्ष नपुग्दै उनी मिसन इलाकाबाट फर्किन बाध्य भएका थिए।  

नम्बर १ पृतनापति हुँदा उपरथी कार्कीले बर्दीमा रहेकै बेला तत्कालीन मुख्यमन्त्री शेरधन राइकै अगाडि ‘सिंगम स्टाइल’मा चुरोट तानेको खबर त पक्कै सुन्नुभएको होला!

प्रकाशित: Jan 21, 2022| 08:57 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।