आइतबार, वैशाख २३, २०८१

यस्तो देखियो राजनीतिमा ओमिक्रोनको बाछिटा

भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन।
 |  बिहीबार, माघ ६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, माघ ६, २०७८

काठमाडौं– कोरोना भाइरसको तेस्रो लहरका कारण राजनीतिक गतिविधि रोकिएका छन्। मंसिर पहिलो सातादेखि तातिएको राजनीति माघ पहिलो साता सेलाएको छ। राजनीतिक दलहरुका महाधिवेशनले मंसिरयताको राजनीति तातिएको थियो। तर, कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै अहिले राजनीतिक गतिविधि ठप्प भएका छन्।

triton college

राजनीतिक दलका थुप्रै नेताहरु संक्रमित बनेर आइसोलेट भएका छन्, जसका कारण राजनीतिक गतिविधि ठप्प देखिएका छन्। सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा राजनीतिक गतिविधि ठप्प हुनु अस्वाभाविक होइन। तर, तीन तहको निर्वाचन नजिकिँदै जाँदा तातेका राजनीतिक दल कोरोना महामारीका कारण सेलाउनुपर्ने स्थिति सिर्जना भएको छ।  

भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन। मंसिर दोस्रो साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए, ‘दलहरुले महाधिवेशनका नाममा चुनावको तयारी थालेका छन्।’ दाहालले भनेझैं दलहरुका गतिविधि हेर्दा पनि चुनाव केन्द्रित नै देखिन्थे। तर, कोरोना महामारीले तत्कालका लागि दलहरुका तयारी स्थगन भएका छन्।  

एमालेले जिल्ला अधिवेशन गर्न भ्याएन, ओलीको देश दौडाहा रोकियो 

मंसिर १० देखि चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गरेको नेकपा एमालेले सबै जिल्लाको अधिवेशन गर्न भ्याएन। जिल्ला अधिवेशन चलिरहेकै अवस्थामा संक्रमण उच्च भएपछि एमालेले अधिवेशन रोक्न सर्कुलर जारी गरिसकेको छ। संक्रमण बढ्न थालेपछि एमाले केन्द्रीय कार्यालयको बैठकले २५ जनाभन्दा बढी भेला हुने सबै खालका गतिविधि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

corrent noodles
Metro Mart
भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन।

एमालेले महाधिवेशनपछि ६४ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ। बाँकी १४ जिल्लाको अधिवेशन भने कोरोना कहरका कारण अनिश्चित बनेका छन्। एमाले केन्द्रीय कार्यालयका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेखमा जिल्ला अधिवेशन उद्घाटन भइसकेका थिए। तर, संक्रमण बढ्दै गएपछि नेतृत्व चयन नगरी अधिवेशन स्थगित गरिएको थियो। धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङको जिल्ला अधिवेशन अनिश्चित बनेको छ। 

त्यसो त एमालेले चुनाव केन्द्रित गतिविधि थालिसकेको थियो। अध्यक्ष केपी शर्मा ओली देशका विभिन्न जिल्लामा पुगेर अन्य दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेका थिए। उनका भाषण अन्य दलप्रति लक्षित हुन्थे। त्यसको अर्थ उनी चुनाव केन्द्रित कार्यक्रममा होमिइसकेका थिए। तर, कोरोना संक्रमण बढेसँगै ओलीको यो अभियानमा पनि ब्रेक लागेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुलाई कोरोना संक्रमण भएको छ। 

कांग्रेस महाधिवेशनको तरंगमा ब्रेक, जिल्ला अधिवेशनमा बाधा

मंसिर अन्तिम साता १४औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसका १६ जिल्लाको अधिवेशन अनिश्चित बनेका छन्। माघ १५ गतेका लागि मिति तोकिएका जिल्ला अधिवेशन कोरोना संक्रमणका कारण अनिश्चित बनेका हुन्। यसअघि पुस २७ गतेका लागि मिति तोकिएको भएपछि राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै अधिवेशनको मिति माघ १५ सम्मका लागि सारिएको थियो। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केही दिनमै यसबारे औपचारिक निर्णय लिने भएको छ। 

महाधिवेशनअघि अधिवेशन सम्पन्न हुन नसकेका १६ जिल्लाको अधिवेशन थाँती राखेर महाधिवेशन गरिएको थियो। सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी छ ।

त्यसो त महाधिवेशनको सन्देश लिएर गाउँ पुग्ने अवसर समेत कांग्रेसले तत्काल पाएन। आउँदै गरेका चुनाव लक्षित कार्यक्रम हुँदै आए पनि महामारी बढेपछि सबै कार्यक्रम ठप्प बनेका छन्। ‘१६ जिल्लाको अधिवेशन तोकिएको मितिमा नहुने निश्चित बन्यो। महाधिवेशनपछि पार्टी संगठन चलायमान हुँदै थियो। महामारी बढेपछि गतिविधि ठप्प बनेका छन्,’ उपसभापति धनराज गुरुङले भने।

माओवादीमा अध्यक्ष प्रचण्डलाई संक्रमण र हाइसन्चो दुवै 

पुसको दोस्रो साता आठौं महाधिवेशन सम्पन्न गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोरोना संक्रमित बने। प्रचण्ड संक्रमित बनेपछि माओवादीका सबै गतिविधि ठप्प प्रायः बनेका थिए। यद्यपि प्रचण्ड संक्रमण मुक्त भइसकेका छन्।  

महाधिवेशनले केन्द्रीय समितिका सदस्यहरुको मात्रै टुंगो लगायो र प्रचण्डलाई अध्यक्ष बनाइयो। तर, माओवादी अहिलेसम्म पदाधिकारीविहीन अवस्थामा छ। महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय समितिको सूची पास गराएका थिए। महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो। केन्द्रीय समितिको बैठक लगत्तै नेताहरु संक्रमित हुन थालेका कारण माओवादीले पदाधिकारी चयन प्रक्रियालाई थाँती राखेको छ।

मंसिर अन्तिम साता १४औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसका १६ जिल्लाको अधिवेशन अनिश्चित बनेका छन्। माघ १५ गतेका लागि मिति तोकिएका जिल्ला अधिवेशन कोरोना संक्रमणका कारण अनिश्चित बनेका हुन्।

पदाधिकारी चयन गर्न प्रचण्डलाई फलामको च्यूरा चपाउन सरह थियो। तर, उनी आफैं संक्रमित भएपछि पदाधिकारी चयनको झन्झट केही समयका लागि भए पनि बोक्नुपरेन। त्यसो त प्रचण्ड संक्रमित भएपछि पाँचदलीय सत्ता गठबन्धनको बैठक समेत बस्न सकेको थिएन। प्रचण्ड संक्रमणमुक्त भएपछि गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता संक्रमित भएका कारण बैठकमा उपस्थित हुन सकेनन्। बिहीबारका लागि बोलाइएको समन्वय समितिको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ। नेपाललगायत नेता संक्रमण मुक्त नभएका कारण बैठक स्थगित भएको बुझिएको छ।  

संसद्‍मा  एमालेको अवरोधबीच संक्रमणको जोखिम

संघीय संसद्का दुवै सदनको बैठक एक महिनायता बस्न सकेको छैन। प्रतिनिधिसभाको पछिल्लो बैठक पुस ७ गते बसेको थियो। यस्तै, राष्ट्रियसभाको पछिल्लो बैठक पुस ५ गते बसेको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधकै बीचमा कोरोना संक्रमणको जोखिम पनि थपिएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई संक्रमण पुष्टि भएको छ। 

राष्ट्रियसभाको बैठक माघ ३ गते आह्वान गरिएको थियो। तर, विशेष कारणवश तोकिएको दिनमा बैठक बस्न नसक्ने भन्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ।  

प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि बोलाइएको थियो। तर, कोरोना संक्रमण जोखिमका कारण माघ ३ गते बैठक बस्न सकेन। अर्को बैठक माघ १६ गतेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठक पटक–पटक सरेपछि सांसदहरुले नै व्यंग्य गर्न थालेका छन्। नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले माघ १६ का लागि बोलाइएको बैठक हुनेमा आशंका व्यक्त गरेका छन्। ‘प्रतिनिधिसभाको अर्को बैठक सहिद दिवस माघ १६ कै दिन जुरेछ, हुने गरी हो कि फेरि सार्ने होला।’ 

राष्ट्रियसभाको बैठक माघ ३ गते आह्वान गरिएको थियो। तर, विशेष कारणवश तोकिएको दिनमा बैठक बस्न नसक्ने भन्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ।  

त्यसो त संसद् सञ्चालन गर्ने विषय सरकारका लागि पेचिलो बनिरहेको छ। एमालले निन्तर अवरोध गरिरहेको अवस्थामा संसद्मा देखिएको अवरोध खुलाउने प्रयासमा सरकार थियो। संसद्को अवरोध हटाउने र एमसीसी अघि बढाउने योजनामा थिए– प्रधानमन्त्री शेरबहादुर देउवा। संसद् चलाउन र एमसीसी अघि बढाउने विषयमा केही दिनअघि प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

ओलीकै निवास बालकोटमा भएको भेटमा देउवाले संसद्मा देखिएको अवरोध हटाइदिन र एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर, देउवाको प्रस्तावलाई ओलीले अस्वीकार गरिदिए। त्यसयता संसद्को अवरोध खुलाउने सन्दर्भमा सरकारले प्रयास गरेको छैन। कोरोना संक्रमणको बढोत्तरी र एमालेको अवरोधको शिकार संसद् बनिरहेको छ। 


प्रकाशित: Jan 20, 2022| 16:07 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...