बिहीबार, चैत ५, २०८२

औषधि कम्पनीहरूसँग सरकारले माग्यो सिटामोलको विवरण

औषधि व्यवस्था विभागले औषधि उत्पादकहरुसँग सिटामोलको विवरण माग गरेको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि उत्पादकहरुसँग सिटामोलको विवरण माग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको व्यवस्थापनका लागि गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए। 

उनको निर्देशनपछि औषधिको विवरण माग गरिएको हो। बिहीबार औषधि व्यवस्था विभागले सूचना जारी गर्दै पारासिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। विभिन्न २५ वटा औषधि उत्पादक कम्पनीसँग सरकारले विवरण माग गरेको हो।

कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ। सरकारी निकायले समेत सिटामोल पाएका छैनन्। मूल्य वृद्धिका लागि अभाव सिर्जना गरिएको ग्राहकले बताइरहँदा सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ। 

प्रकाशित: Jan 20, 2022| 15:21 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्