बिहीबार, चैत ५, २०८२

यस्ता गल्तीले पनि हुनसक्छ हार्ट अट्याक

जीवनशैलीसँगै खानपानको गडबडीका कारण रोगको संख्यामा तीव्र वृद्धि भइरहेको छ। अस्वस्थ जीवनशैलीका कारण पछिल्ला दिनमा मुटु रोगीको संख्या पनि बढ्दो छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- जीवनशैलीसँगै खानपानको गडबडीका कारण रोगको संख्यामा तीव्र वृद्धि भइरहेको छ। अस्वस्थ जीवनशैलीका कारण पछिल्ला दिनमा मुटु रोगीको संख्या पनि बढ्दो छ।

National life

अस्वस्थ जीवनशैलीले हृदयाघातको जोखिम पनि बढाउँछ। पछिल्ला केही वर्षयता युवायुवतीहरू पनि यस्ता गम्भीर समस्याको सिकार बन्न थालेका छन्।  स्वास्थ्य विज्ञका अनुसार मुटुमा रक्तसञ्चार अवरुद्ध हुँदा हृदयाघात हुन्छ। 

जानी-नजानी हामी दिनहुँ मुटुलाई असर गर्ने काम गरिरहेका हुन्छौं। जस कारण हृदयाघातको जोखिम बढ्न थालेको छ। आफ्नो बानी सुधार गरेर हामी हृदयाघातको जोखिम धेरै कम गर्न सक्छौं। 

तौल बढ्नाले

आजको समयमा धेरैजसो मानिसको तौल बढी वा मोटोपन भएकाले यसलाई हृदयाघातको जोखिमको कारण मानिन्छ। मोटोपनले उच्च रक्त कोलेस्ट्रोल, उच्च ट्राइग्लिसराइड, उच्च रक्तचाप र मधुमेहको जोखिम बढाउँछ। शरीरको तौलको दश प्रतिशतसम्म पनि कम गर्नाले यो जोखिम कम गर्न सकिन्छ। 

Laxmi sunrise bank
kumari

शारीरिक आलस्यता

शारीरिक आलस्यताले हृदय रोगको जोखिम धेरै गुणा बढाउँछ। जब शरीर आलस्यताक हुन्छ धमनीमा बोसो पदार्थहरू जम्मा हुन थाल्छ। यदि तपाईंको मुटुमा रगत पुर्‍याउने धमनीहरू क्षतिग्रस्त वा बन्द भएमा यसले हृदयाघात निम्त्याउन सक्छ। त्यसैले मानिसहरूलाई दैनिक व्यायाम गर्न सल्लाह दिइन्छ। नियमित व्यायामले हृदयाघात र हृदय रोगको जोखिम ४० प्रतिशतसम्म कम गर्छ।

धूमपान र तनाव

धूमपान गर्ने र उच्च तनावमा रहेका व्यक्तिहरूलाई हृदयाघातको उच्च जोखिम हुन्छ। धूमपानले समयसँगै धमनीमा नशा साँघुर्‍याउने डल्लो बनाउँछ। यसले गर्दा धमनीहरू साँघुरो हुन्छ र मुटुमा रक्तसञ्चार कम हुन्छ। जसले हृदयाघातको जोखिम बढाउँछ। त्यसैगरी अधिक तनाव लिँदा रक्तचापको समस्या पनि बढ्छ। जुन हृदय रोगको प्रमुख कारक मानिन्छ। - अमर उजालाबाट

प्रकाशित: Jan 20, 2022| 08:43 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्