शनिबार, पुस ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विदेश उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, डेढ महिनाभित्रै 'क्यालिब्रेसन'

Siddartha premir insuranceSiddartha premir insurance

विदेश उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, डेढ महिनाभित्रै 'क्यालिब्रेसन'

अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ।
 |  बिहीबार, माघ ६, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बिहीबार, माघ ६, २०७८

ntc landingntc landing

भैरहवा-भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उपत्यकाबाहिरको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल बन्न प्रतीक्षामा छ।  छिट्टै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। हालसम्म देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ।  

himalayan bank box

समयमै निर्माण सम्पन्न भएको भए ४ वर्षअघि नै अन्तराष्ट्रिय विमानस्थलबाट विदेशमा उडान सुरु भइसकेको हुन्थ्यो। तर, ४ वर्षपछि पनि अन्तर्राष्ट्रिय उडान हुने मिति भने टुंगो लाग्न सकेको छैन। 

निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थलबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) गर्ने तयारी भइरहेको छ। पछिल्लो २ वर्ष कोरोना महामारी, त्यसअघिको भारतको एकपक्षीय नाकाबन्दी र भूकम्पलाई देखाउँदै ठेकेदार कम्पनीले निर्माण कार्य प्रभावित भएको बताउँदै पटकपटक म्याद थप गराउँदै आएका थिए। २०७१ साल माघ १ गते ( जनवरी,१५ २०१५) मा शिलान्यास गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य थियो। 


नागरिक उड्डयन मन्त्रालयले विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउन थालेको लामै समय भइसकेको छ। केपी ओली नेतृत्वको तत्कालीन सरकारका उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी त महिनैपिच्छे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा आउँथे। त्यसपछि मन्त्री भएका योगेश भट्टराईले पनि आफ्नै कार्यकालमा अन्तर्राष्ट्रिय उडान भर्ने प्रतिबद्धता गरेका थिए। तर, यी दुवै मन्त्रीको कार्यकालमा विमानस्थलको निर्माणकार्य पूरा हुन सकेन। 

vianet

यो मामिलामा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पनि के कम? उनले पनि आफू मन्त्री भएकै बेला अन्तर्राष्ट्रिय उडान भर्ने दाबी गरिरहेका छन्। बढीमा ३ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने उनको दाबी छ। 

भौतिक प्रगति शतप्रतिशत 

पटकपटक म्याद थप गर्दै सन् २०२२ को सुरुतिर नै विमानस्थलबाट परीक्षण उडान गरिने दाबी गरिँदै आएको थियो। तर, परीक्षण उडानका लागि आवश्यक प्राविधिक सामान आउन नसकेकाले परीक्षण उडान मिति पछि धकेलिएको बताउन थालिएको छ। अहिले सबै उपकरण जडान भएकाले परीक्षण उडानका लागि अन्तिम तयारी भइरहेको राष्ट्रिय गौरवको आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा पर्छ। आयोजनाका उपनिर्देशक न्यौपानेले फेब्रुअरीभित्रै क्यालिब्रेसन उडान हुने बताए। ‘ग्राउन्ड र फ्लाइट  क्यालिब्रेसनका लागि हामी तयारीमा छौं,’ उनले भने, ‘उपकरण जडान भइसकेको छ, मौसम सफा हुनासाथ परीक्षण उडान गर्छौं।’ उनले अबको डेढ महिनाभित्र परीक्षण उडान हुने ठोकुवा गरे। 

अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ। 

परीक्षणपछि नियमित उडानका लागि अस्ट्रियाको भियना र एरो थाईका प्राविधिकले माघ २ गतेदेखि क्यालिब्रेसन उडानका लागि प्राविधिकहरूलाई तालिम दिन सुरु गरिसकेको छ। परीक्षण उडानका लागि नागरिक उड्यन प्राधिकरणले एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) लाई दिएको थियो। त्यहाँका प्राविधिकहरू परीक्षण उडानको अध्ययन गर्न विमानस्थल आएपनि मौसमको खराबीका कारण अध्ययन नगरी थाइल्यान्ड फर्किएको उनले बताए। 

जनवरी २४ मा उक्त टोली पुनः नेपाल आउने र त्यसलगत्तै परीक्षण उडानको मिति तय हुने उपनिर्देशक न्यौपानेको भनाइ छ। 'मौसममा सुधार भएपछि एरोथाइका प्राविधिकले जहाज लिएर आउने र परीक्षण उडान गर्नेछन्। क्यालिब्रेसन उडान भएको करिब २ महिनापछि मात्रै अन्तर्राष्ट्रिय उडान हुनेछन्,' आयोजनाका उपनिर्देशक न्यौपानेले बताए, ‘बुद्धजयन्तीको दिन पारेर उडान सुरु गर्ने विषयमा छलफल पनि भइरहेको छ। तर, उडान कहिलेबाट भन्ने कुरा हाई-लेभलबाट टुंगो लाग्छ।’ परीक्षण उडानपछि मात्र नियमित उडानका विषयमा छलफल गरी टुंगो लाग्ने उनको भनाइ छ।

विमानस्थल आईसीबी-२ अन्तर्गतका सबै पूर्वाधार बनिसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ। 


आइसीपी–१ र आइसीपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएको थियो। आइसिपी–१ अन्तर्गत धावनमार्ग, आधुनिक टावर, सुरक्षा भवन, विमानस्थल सडक, घांघरा नदी डाइभर्सन, पार्किङ वे, एप्रोन, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतका संरचनाहरुको  काम सकिएको विमानस्थल आयोजना कार्यालयले जनाएको छ।

६० मिटर चौडाई र ३ किलोमिटर धावनमार्ग, १९ सय  मिटरको ट्याक्सी वे रहेको विमानस्थलमा ५ वटा वाइड बोडी जहाज पार्किङ गर्न सकिने आयोजना कार्यालयको भनाइ छ। टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि १ सय ५१ जना कर्मचारीको दरबन्दी पनि स्वीकृत भएको छ। 

सन् २०१५ बाट निर्माण शुरु भएको विमानस्थलले अब भने मूर्त रुप पाउने अन्तिम अवस्थामा पुगेको छ। विमानस्थलबाट उडान सुरु भएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई सहज बनाउने विश्वास गरिएको छ। 

गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ। यो रकम जग्गा अधिग्रहणबाहेकको हो। २१ अर्ब मुआब्जा वापत मात्रै खर्च भएको आयोजनाले जानकारी दिएको छ। विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) को ४०.५ प्रतिशत ऋण लगानी गरेको छ भने एडीबीले नै १८ प्रतिशत अनुदान गरेको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए। 

प्रकाशित: Jan 20, 2022| 11:19 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्