शनिबार, भदौ २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एक लाख राशिको चैतन्य असल शासन पैरवी सम्मान शारदा प्रसाद त्रिताललाई

एक लाख राशिको चैतन्य असल शासन पैरवी सम्मान शारदा प्रसाद त्रिताललाई

 |  शनिबार, भदौ २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २१, २०८२

vianetvianet

Kumaribank

काठमाडौं । काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले यस वर्षको 'चैतन्य असल शासन पैरवी सम्मान-२०८२' शारदा प्रसाद त्रिताललाई प्रदान गर्ने भएको छ।

चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्दै छ। सोही अवसरमा नेपाल सरकारका पूर्वसचिव समेत रहेका त्रिताललाई एकेडेमीले एक लाख राशिको उक्त सम्मान प्रदान गर्ने चैतन्य ग्रुपका सीईओ गणेश प्रसाद जोशीले बताए।

'उत्कृष्ट सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता, नागरिक मैत्री सेवा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न हामीले प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएका छौं। हामीले निजामति सेवाका उत्कृष्ट बहालवाला वा सेवा निवृत्त मध्ये एक कर्मचारीलाई प्रत्येक वर्ष यो सम्मान पर्दान गर्दै आएका छौं,' उनले भने।

जोशीका अनुसार एक छनोट समितिले उत्कृष्ट व्यक्तित्वहरूको छनोट गर्दै आएको छ। यसअघि नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बिमल कोइराला र लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीलाई पुरस्कार प्रदान गरिसकिएको जोशीले जनाएका छन्

Metro Mart

त्रितालले आफ्नो योगदानको उच्च कदल गरेकोमा खुसी लागेको बताएका छन्। यसले सुशासनका क्षेत्रमा थप काम गर्न प्रेरित गर्ने उनको भनाइ छ।

त्रितालले २०३७ सालमा कृषि विकास बैंकमा नाम निकालेका थिए। त्यसपछि पढाइमा अवरोध हुने देखेपछि उनले त्यताको जागिर छोडे र खरदारको तयारी गरेँ। त्यता पनि सहलेखापालमा नाम निकाल्न सफल भए। त्यसपछि नासु पास भएर उनी खोटाङ गए। त्यहाँबाट सरुवा नहुने देखेपछि जागिर नै छोडेर उनले अध्ययनलाई निरन्तरता दिए।

अध्ययन गर्दै गर्दा लोकसेवा आयोगमा ६ महिने अस्थायी शाखा अधिकृतको विज्ञापन आह्वान भयो। त्यहाँ पनि उनी पास भए। त्यसपछि गोरखा पत्रले सातौं तहको उपसम्पादक मागेको थियो। त्यहाँ पनि उनी पास भए। त्यहीबीचमा लोकसेवा आयोगमा शाखा अधिकृतको परीक्षा दिएका त्रिताल २०४३ सालमा शाखा अधिकृतमा पनि पास भए।

२०५३ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव पास भएका उनी २०६० सालमा खुला प्रतस्पर्धाबाटै सहसचितव भएका थिए। त्यसपछि उनको २०७० सालमा सचिवमा बढुवा भएको थियो।

उनी शंखुवासभा जस्तो दुर्गम क्षेत्रमा जन्मिएका व्यक्ति हुन्। संघर्षले खारिएका त्रितालले सधैँ सार्वजनिक सेवामा उच्च कोटिको काम गरेका थिए। उनी बेदाग छवीका कर्मचारी हुन्।

त्रितालसँग सूचना विमाग, गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालय, सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, लोकसेवा आयोग, पर्यटन मन्त्रालय, अर्थमन्त्रालय, श्रम मन्त्रालय, निर्वाचन आयोग, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, राष्ट्रपति कार्यालय, योजना आयोग, निर्वाचन आयोग, सहकारी तथा गरिवी निवारण मन्त्रालय जस्ता सरकारी निकायमा सेवा गरेको अनुभव छ।

अवकास हुन तीन महिना मात्रै बाँकि रहँदा उनको खुट्टामा देखिएको गम्भीर समस्याका कारण राजीनामा दिनु परेको थियो। अहिले पनि उनको स्वास्थ्यमा समस्या नै रहेको छ। तर, उनले आफ्नो बौद्धिकताले समाजलाई प्रदान गर्नुपर्ने ज्ञान प्रदान गर्दै आएका छन्।

प्रकाशित: Sep 06, 2025| 18:20 शनिबार, भदौ २१, २०८२
प्रतिक्रिया दिनुहोस्