मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनकुमारीको खोजी गर्न प्रहरीको विशेष टोली परिचालन

चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ।
 |  बुधबार, माघ ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

सोलुखुम्बु- चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ। 

triton college

प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मङ्गलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको बताइएको छ। सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते अपराह्न ४:२५ देखि बेपत्ता बनेपछि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए। 

लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोसी–७ को सोलावनबाट हाकुला झर्ने क्रममा बेपत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ। 

सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात भएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रहरी नायब उपरीक्षक कटवालको भनाइ छ। अब उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालित गरिने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार असोज ८ गते अपराह्न ४:२२ मा साथीलाई सन्देश पठाएको र ४:२५ देखि मोबाइल अफ भएको छ। मासिक बैठक सञ्चालनका लागि माप्यदूधकोसी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलावनबाट हाकुला झर्ने क्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Metro Mart
vianet

सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सोताङकाट प्रहरी निरीक्षक नवन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि असोज ११ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो। 

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको थियो भने एक हप्तापछि प्रहरी निरीक्षक नवीन राईको टोलीसमेत फर्केको थियो।

कसरी हराइन् मनकुमारी ?

एनएमबी लघुवित्त वित्तीय संस्थाका अनुसार हरेक महिनाको ७ गते बिहान माप्यदूधकोसी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ। मनकुमारीसँगै उक्त बैठक सञ्चालनका लागि वाकु जानुभएकी कमला बस्नेतका अनुसार असोज ६ गते आज उनीहरू वाकु पुगेका छन्। उनका साथमा रु चार लाख १२ हजार बढी रकम रहेको बताइएको छ।

'७ गते बिहान हाकुलामा बैठक सकेर सोही वडाको सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवै जना पुग्यौं,' कमलाले भनिन्, 'बेलुका सोही गाउँको एक जना शेर्पा दाइकामा बास बस्यौँ र भोलिपल्ट असोज ८ गते फेरि हाकुला नै फर्किंदै गर्दा मनकुमारीले खास्बरी दिदीकामा किस्ता लिन जान्छु भनेर बीचबाटो बाट तल झर्नुभयो।'

 ७ गते रातिदेखि आफू बिरामी परेको कमलाले सुनाइन्। 'म बिरामी भएकाले गर्दा माथिबाटै भीम दाइकामा आउँदै थिए, ४:२२ मा मनकुमारीको म्यासेज आयो भीमदाइकामा गएर बस्दै गर्नु है भन्ने,' कमलाले भनिन्, 'मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकामा गएर बसे तर आइनन् अनि मलाई गाह्रो भएर घर जान बाइक भने त्यो बेला ७ बज्न लागेको थियो, उनलाई फोन गरेको अफ थियो।'

मनकुमारीको मोबाइल अफ भएपछि गाउँमा हल्लाखल्ला भएको कमलाको भनाइ छ। तर पनि आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्रहरीले फर्काएको उनको भनाइ छ। भोजराज बस्नेत/रासस


प्रकाशित: Jan 19, 2022| 20:10 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।