बिहीबार, चैत ५, २०८२

शिक्षक अस्पतालका लागि जग्गा छनोट समितिले बुझायो प्रतिवेदन

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका-१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने भनेको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका-१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने भनेको छ। 

National life

समितिले भरतपुर महानगरपालिका-१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका-८ जागती, सुर्यविनायक नगरपालिका-४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका-१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। 

समितिले भरतपुर महानगरपालिका-१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ। समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा किफायति हुने देखिएको छ। 

संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शय्या क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ। 

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए।

Laxmi sunrise bank
kumari

समितिले दिएका प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भने, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु।’

अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ। शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो।


प्रकाशित: Jan 19, 2022| 19:55 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्