बिहीबार, चैत ५, २०८२

अवैधरूपमा खोप बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।

'अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ,' उनले जारी गरेको सूचनामा भनिएको छ, 'कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।'

सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ। अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ। मंगलबारसम्म देशभर एक करोड ६० लाख ७७७ लाई पहिलो र एक करोड २४ लाख ६६ हजार ९२ लाई पूर्ण मात्राको खोप लगाइएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी ११ हजार २४७ लाई बुस्टर डोज दिइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2022| 18:35 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्