बिहीबार, भदौ १२, २०८२

सुनसरीको बर्जु घटना छानबिन गर्न प्रशासनद्वारा समिति गठन

बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ। मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।
 |  बुधबार, माघ ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

vianetvianet

सुनसरी- बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले समिति गठन गरेको छ। मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। 

Kumaribank

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो। 

समितिलाई पाँद्ब दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिले बुधबारबाटै काम थाल्ने बताइएको छ। यसैबीच सुनसरी प्रशासनले घटना सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ। 

महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्कर्ष निकालेको छ।  पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुशी महोत्सव सञ्‍चालनमा ल्याएको बताए। उनले महोत्सव रोक्न आफूहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको बताए। 

पत्रकारहरुको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भिडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे। उनले प्रहरी प्रशासनले संयमता अपनाउँदा मानविय क्षति हुन नपाएको उल्लेख गरे। 

Metro Mart

सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराए पनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाइएको छ। 

महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भिड तोडफोड र आगजनीमा उत्रिएको थियो। सो क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो।  स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए। प्रहरीले भीड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गरिएको थियो।

प्रकाशित: Jan 19, 2022| 18:20 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।