आइतबार, पुस ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तपाईंलाई बिर्सने सुविधा छैन है!

हाम्रा आमा हामी उत्पादन गर्ने कारखाना मात्रै जस्ता बनाइए र बाहरु फगत दास उमार्ने बिउ भण्डार बने।
 |  शुक्रबार, माघ ७, २०७८
nespernesper

कृष्ण रिमाल

कृष्ण रिमाल

शुक्रबार, माघ ७, २०७८

ntc landingntc landing

महान् दार्शनिक नित्से जो दिउँसै लाल्टिन बालेर सडकमा ईश्वरको खोजीमा निस्कन्थे रे। उनको मानव सभ्यता सम्बन्धबारे एउटा रोचक कुरा छ। उनको विचारमा मानव सभ्यताको सबैभन्दा स्पष्ट कुरा मान्छेमा भुल्ने क्षमता छ जसका कारण यो सभ्यता यहाँसम्म आइपुग्न सफल भयो। यो एक हिसाबले ठिक कुरा हो। तपाईं हामीले जीवन निर्वाहका क्रममा आफूलाई एकदम प्यारा लाग्ने सम्बन्ध तथा वस्तु गुमाउँछौं। तर समयले बिस्तारै ती कुरा भुलाउँदै लैजान्छ। जस्तो – तपाईंहामीमध्ये कतिले हाम्रा प्यारा बुवाआमा गुमाएका छौं तर त्यो पीडा गुमाउँदाको समय जस्तो सधैंभर पीडादायी हुँदो हो त हामी अरु कुनै कुरा गर्नै सक्दैनौं। तर बाध्यताबाहेकका कुरामा पनि हामी भुल्ने कुरामा महान् छौं। 

himalayan bank box

हामीलाई ७२ सालको भूकम्पले ओत तथा बस्ती निर्माणका लागि गतिलो शिक्षा दिने मौका दियो तर परकम्पन आउन रोकिएपछि हाम्रो पारा उही रह्यो। अमानवीय नाकाबन्दीले आत्मनिर्भरताका लागि अविस्मरणीय शिक्षा दियो तर चामल सहजतापछि हामीले बिर्सिदियौं। कोभिडका दुइवटा लहरले हामीलाई मान्छे बन्न वा मानवताका लागि आवश्यक शिक्षाको प्रयोगात्मक स्वरुप सिकाउन खोज्यो। सायद हामीले अझै बुझेनौं भनेर तेस्रो कोसिसमा छ तर पनि हामीले यो बिर्सिहाल्नेछौं। समग्रमा हामी नसम्झे पनि हुने कुरा (जस्तै : प्रतिशोध, कुण्ठा तथा पूर्वाग्रह) लाई नबिर्से पनि सम्झिनुपर्ने कुरालाई बिर्सिन्छौं। सायद हाम्रो सबैभन्दा ठूलो कमजोरी यही हो जसका कारण हामी सधैं दरिद्र रहन पुग्यौं। हाम्रो दरिद्रताको प्रमुख कारण हाम्रो राजनीतिक तथा सामाजिक परिपाटी पो रहेछ कि?

देवत्वकरणको सिकार भएर अनावश्यक प्रशंसा र अति आशक्ति कायम रहँदा पनि साख जोगाउन नसकेका बाबुराम भटराई र रवीन्द्र अधिकारी लेखकको माथ खराब हुने गरी मथिंगलमा आइरहेका छन् अब यो सूचीमा योगेशले आफ्नो नाम थपेका छन्। 

थोरै प्रसंग मोड्छु, अलिक अगाडि सामाजिक सञ्जालमा गगन थापा, राजेन्द्र लिङ्देन र विश्वप्रकाश शर्मा छाइनै रहे। खासै राजनीतिमा रुचि नराख्नेले पनि यिनीहरुलाई बधाई दिइनै रहे। यसले के जनायो भने देशवासी एउटा आशलाग्दो राजनीतिक नेतृत्वको पर्खाइमा छन्। खासमा महामन्त्रीमा गगनले जितेका थिए विदुरले होइन। यस्तै चर्चा र देवत्वकरणको सिकार भएर अनावश्यक प्रशंसा र अति आशक्ति कायम रहँदा पनि साख जोगाउन नसकेका बाबुराम भटराई र रवीन्द्र अधिकारी लेखकको माथ खराब हुने गरी मथिंगलमा आइरहेका छन् अब यो सूचीमा योगेशले आफ्नो नाम थपेका छन्। 

समाजलाई पूरा बुझाउनभन्दा भडकाउन सजिलो हुने कुरा बुझेका दलहरु सधैं सजिलो बाटो प्रयोग गरेर सत्ता प्राप्तिको मार्गप्रशस्त गर्दै गर्दा हामीले आफ्नो विवेक र पुर्खाको गौरव भुलिरहेका छौं। बितेको महिना मेरा साथीहरुले सामाजिक सञ्जालमा फलानोलाई जिताऔंबाट सुरु गरेको अभियान फलानोलाई बधाईमा आइपुगेको छ। यो अझै पनि बाँकी छ। यहाँनेर म साथीहरुलाई सञ्जालका बुथ कब्जा नगर्न अनुरोध गरिहाल्छु। मैले २०६२ देखि आजसम्म सँगसँगै भएका प्रायः साथीहरुको पोस्ट हेर्दा मलाई हिजोआज लाग्दैछ म एकदमै अराजनीतिक र असामाजिक रहेछु।

मेरो उग्र विरोध होस् वा समर्थन त्यसमा कुनै आपत्ति रहने छैन। तर कम्तीमा २० वर्षपछिका मेरा छोरीहरुले यो आलेख पढ्दा मैले अहिले महसुस गरे जस्तो गर्न नपरोस् भन्ने मात्र मेरो चाहना हो। हामी नेपाली निष्फिक्री सधैं भयांै तर कहिल्यै स्वतन्त्र भएनौं। रिक्रुटबाट बाहिरिन सुरु भएको यात्रा आजपर्यन्त उस्तै छ। हाम्रा आमा हामी उत्पादन गर्ने कारखाना मात्रै जस्ता बनाइए र बाहरु फगत दास उमार्ने बिउ भण्डार बने। यो सुन्दर भूखण्डमा कहिल्यै पनि त्यस्तो अभियान चलेनछ जसले हामीलाई स्वतन्त्र रहन असल आशा, उचित सम्भावना र इमानदार मेहनतले आदर्शवान् जीवनशैली अंगीकार गर्न सिकाओस्।

vianet

वर्तमानमा समाज यसरी भडकिएको छ जसको कुनै निर्धारण र नियन्त्रण छैन। राज्य संयन्त्रका कुरा छोडनुस् आफ्ना सन्तति अभिभावकको हातमा छैनन्। नयाँ पुस्तामा हामी मेहनतले प्राप्त हुने सबै कुरा गरी आफैं बन्न सक्छौ, देशको परम्परागत औकातमा सुधार ल्याउन सक्छौ भन्ने आशा नै छैन। प्लस टु पुस्तालाई दाइदिदी पुगेको लोकेसनमा पुगेर फोटो खिचाउनु छ, सामुद्रिक तटको हावालाई फोक्सोभरि लिनु छ। त्यसभन्दा माथि एउटा विवश वर्ग छ जसले राजनीतिको झन्डा नउचाली सुखै पाउँदैन। हाम्रो राजनीतिक संस्कार व्यक्ति निषेधक र उग्र समर्थनमा आधारित छ जसले समर्थकभन्दा पनि कार्यकर्ता र पक्षधर मात्र जन्माइरहेको छ।

समकालीन एक जना साथीले आफ्नो भर्खर ३–४ वर्षको सन्तानको कांग्रेसका केही पाका उमेरका नेताहरुसँग फोटोसेसन गराउनुभयो र सामाजिक सञ्जालमा पोस्ट्याउनुभयो– स्वर्णिम पल। साथीको सन्तानले आफ्ना ठूलाबा, कान्छाबा वा हजुरबासँग फोटो खिच्ने स्वर्णिम पल आयो कि नाइँ कुन्नि? अर्को घटनामा टिकटकमा आफ्ना साना सन्ततिसँग आमाले ‘मै पनि एमाले सही पनि एमाले’ गीतमा सँगै नचाएर भिडियो पोस्ट गर्नुभयो। अर्का एक जना माओवादी समर्थक साथी छन् पाखुरामा ट्याटु खोपाएका।

नयाँ पुस्ताका भाइबहिनीलाई मेरो सादर अनुरोध छ, सपना देख, आफ्नै बलबुँतामा पूरा गर्ने हिम्मत राख, झण्डा नबोक, मेहनतले बदल्न सक्ने कुरा आशीर्वादले नबदल। 

हामी जुनसुकै तहको चाकडी वा चाप्लुसी गरेर भए पनि राज्य सत्ताको नजिकसम्म पुग्न चाहन्छौं। त्यसबाट प्राप्त आर्थिक लाभले जीवन गुजार्न चाहन्छौं। यी सबै पक्षपोषणले के स्पष्ट पार्छ भने हामीमा सपना त छन् तर तिनलाई पूरा गर्न राज्य संयन्त्रले निर्माण गरेको चाकडीबाजविरुद्ध लड्ने हिम्मत छैन। हामी त्यो खालको चेतनासम्म पुग्न वा हाम्रो मानवीय सभ्यताले त्यो बिन्दुमा पुग्न अझै एकदुई पुस्ता गुलामीकै बाटोबाट गुज्रिनुपर्छ जुन सभ्यताको सबैभन्दा आधारभूत तह हो। 

मलाई सधैं के लाग्छ भने शब्द (सामाजिक सञ्जाल), सडक र सम्पत्ति (पैसा) सबैका साझा मानव निर्मित चिज हुन्। यिनीहरुमा सबैको समान अधिकार छ। जसको अनुशासनपूर्वक प्रयोग गरिनुपर्छ। तर हामीले सबैभन्दा बढी अनुशासन गुमाएका क्षेत्र अहिलेका लागि यिनै हुन्। मेरो खास र अर्को चासो पनि के हो भने सञ्जाल वा समाजमा आफ्नो उपस्थिति जनाउँदै गर्दा उक्त सञ्जाल वा समाज अरुको पनि हो भन्नेसम्म हेक्का राख्न सक्दैनौं।

आफूप्रति नै कुनै पनि खालको विश्वास राख्न नसक्ने गरी राजनीतिक दलले प्रशिक्षण दिन्छन् कि मेहनतको सुमेरुभन्दा गुलामी गर्न मुसाको सल्लाहमा गणेश बन्न आफैं सिक्दै छ नयाँ पुस्ता। नयाँ पुस्ताका भाइबहिनीलाई मेरो सादर अनुरोध छ, सपना देख, आफ्नै बलबुँतामा पूरा गर्ने हिम्मत राख, झण्डा नबोक, मेहनतले बदल्न सक्ने कुरा आशीर्वादले नबदल। तत्काल मेहनतको मूल्य कम भए तापनि भोलि तिमीहरुले जब आफूलाई आफैंसँग मूल्य लगाउँछौं त्यसबेला तिमीहरु शून्य हुन्छौं कि भन्ने मेरो डर मात्रै हो। यो पढेर नरमाइलो लागेको हो भने तपाईंलाई बिर्सने सुविधा पनि छ है!

प्रकाशित: Jan 21, 2022| 08:01 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...