शनिबार, जेठ २, २०८३

पीसीआर परीक्षण शुल्क सरकारीमा आठ सय र निजीमा १२ सय बनाइँदै

सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाउने तयारी गरेको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life

काठमाडौं– सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाउने तयारी गरेको छ।

यसका लागि स्वास्थ्य मन्त्रालयले डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको छ। हालसम्म १ हजार रुपैयाँ सरकारी अस्पतालमा र २ हजार रुपैयाँ निजी अस्पतालमा पीसीआर शुल्क लिइँदै आएको छ। अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सयसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको छ।

मंगलबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि स्वास्थ्य सचिव रोशन पोखरेलले पीसीआर शुल्क घटाउन लागिएको जनाएका थिए।

प्रकाशित: Jan 19, 2022| 11:12 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्