शनिबार, जेठ २, २०८३

पीसीआर परीक्षण शुल्क घटाइँदै : सरकारीमा ८ सय र निजीमा १२ सय रुपैयाँ

अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सय रुपैयाँसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life

काठमाडौं– सरकारले कोरोना परीक्षण पीसीआर शुल्क घटाउने तयारी गरेको छ। शुल्क घटाउने विषयमा सिफारिस गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष डा गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरिएको छ।

अहिले पीसीआर परीक्षण गर्न सरकारी अस्पतालमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ लिने गरिएको छ। अब सरकारीमा ८ सय र निजी अस्पतालमा १२ सय रुपैयाँसम्म बनाउन सकिने मन्त्रालय स्रोतले जनाएको छ।

मंगलबार संघीय संसद्को शिक्षा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले पनि पीसीआर शुल्क घटाउन लागेको जनाएका थिए।

प्रकाशित: Jan 19, 2022| 10:54 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्