आइतबार, साउन ३१, २०८३

बेनी अस्पतालमा आईसीयूसहितको बाल उपचार कक्ष स्थापना

म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

बेनी– म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो।

आईसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए। ‘यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हुँदै आएको थियो,’  उनले भने। 

बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो। यसअघि अस्पतालमा बालबालिकालाई न्यानो बनाउने ‘वार्मर कक्ष’ मात्र थियो। 

बालबालिका वार्ड सञ्चालनका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ३८ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो। आईसीयूका सामान खरिद र जडान गर्न २ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ। विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै लगेको छ। अस्पतालले आकस्मिक, बहिरंग, कोभिड, बालबालिकासहित ६४ शय्या बराबरको सेवा दिइरहेको प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए। 

यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचारकक्ष, डायलाइसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको थियो। म्याग्दीका साथै पर्वत र बागलुङका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । निर्माणाधीन ५० शय्या क्षमताको भवनले पूर्णता नपाउँदा र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती बनेको छ।

प्रकाशित: Jan 19, 2022| 09:50 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।