आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन धरानका मेयरको आग्रह

अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन धरानका मेयरको आग्रह

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेका छन्।

धरानमा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको बताउँदै उनले यसबाट बच्नका लागि सचेत र सजग रहन नागरिकहरूलाई आज्रह गरेका छन्।

मेयर राईले मंगलबार एक अपिल जारी गरि नगरवासीमा कोरोना भाइरसको तेस्रो लहरबाट बच्न नगरवासीमा अपिल गरेका हुन्। मेयर राईले यदि कसैमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शङ्का लागेमा पिसिआर/एन्टिजेन विधिबाट परीक्षण गराउन पनि आग्रह गरेका छन्। 

‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउँडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध गर्दछु,' एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

मेयर राईले नगरवासीमा कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

प्रकाशित: Jan 19, 2022| 09:20 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।