आइतबार, साउन ३१, २०८३

चितवनमा १ सय १७ स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण

चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन्। चितवनका विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत १ सय १७ जना स्वास्थ्यकर्मीलाई कोरानो पुष्टि भएको हो।

भरतपुर अस्पतालमा ३७ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ४० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

चितवन मेडिकल कलेजका ३० जनामा कोरोना पुष्टि भएको र पुरानो मेडिकल कजेलका १० जनामा कोरोना पुष्टि चितवन स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ। 

संक्रमित सबै चिकित्सक स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको र उनीहरू होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले दिएको छ। ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या पैदा भइरहेको छ।


प्रकाशित: Jan 19, 2022| 09:10 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।