शनिबार, जेठ २, २०८३

कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु

धरानमा एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life

काठमाडौं- धरानमा एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ। सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए। उनको उपचारकै क्रममा मंगलबार साँझ मृत्यु भएको हो। प्रतिष्ठानले उनमा पुस २८ गते कोरोना पुष्टि भएको जनाएको छ।

मृतक कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Jan 19, 2022| 08:40 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्