बिहीबार, चैत ५, २०८२

विश्वमा थपिए २८ लाख कोरोना संक्रमित

विश्वभर निरन्तर कोरोना संक्रमण दर उकालो लागिरहेको छ। हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- विश्वभर निरन्तर कोरोना संक्रमण दर उकालो लागिरहेको छ। हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ।

National life

पछिल्लो २४ घन्टामा मात्रै २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन्।

अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 19, 2022| 07:08 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्