बिहीबार, चैत ५, २०८२

सात दिनमा ३८ हजार कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन्। 

दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ। 

पछिल्लो एक हप्ताको तथ्यांकअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन्। 

यस एकहप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ। पुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ। 

Laxmi sunrise bank
kumari

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ। 

प्रकाशित: Jan 19, 2022| 04:00 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्