शनिबार, जेठ २, २०८३

काठमाडौं उपत्यकामा कुल परीक्षणको २४ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर कुल परीक्षणको ४४.९ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको छ। 

हाल काठमाडौंमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कुल  २४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।



प्रकाशित: Jan 18, 2022| 16:58 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्