बिहीबार, चैत ५, २०८२

दैनिक संक्रमणमा तोडियो रेकर्ड

कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा मंगलबार रेकर्ड तोडिएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा मंगलबार रेकर्ड तोडिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ। कोरोना महामारी सुुरु भएयता एक दिनको अवधिमा संक्रमण भएको यो संख्या सबैभन्दा उच्च हो।

National life

यसअघि गत वैशाख २८ गते ९ हजार ४८३ जनामा कोरोना संक्रमण भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २२ हजार ८२८ को नमुना परीक्षण गरिएको थियो।

यस अवधिमा एक जनाको मृत्यु भएको छ। आजसम्म कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ। 

सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा ९ लाख ७२ हजार १९८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Jan 18, 2022| 16:19 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्