बिहीबार, चैत ५, २०८२

ललितपुरका आठ स्थानमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा दिन सुरु

ललितपुरको सर्वाङ्ग अस्पताल, स्टार अस्पताल, सुमेरु सिटी अस्पताल, अल्का अस्पताल, निदान अस्पताल, वि एण्ड वि अस्पताल, मेडिसिटी र सुमेरु सिटी अस्पतालबाट बुस्टर डोज दिन लागेको महानगरले जनाएको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- ललितपुर महानगरपालिकाले आठ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन सुरु गरेको छ। सुरुमा अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज दिन लागेको महानगरले जनाएको छ।

ललितपुरको सर्वाङ्ग अस्पताल, स्टार अस्पताल, सुमेरु सिटी अस्पताल, अल्का अस्पताल, निदान अस्पताल, वि एण्ड वि अस्पताल, मेडिसिटी र सुमेरु सिटी अस्पतालबाट बुस्टर डोज दिन लागेको महानगरले जनाएको छ। तत्काल स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका लगाएत अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन लागेको हो।

यसअघि काठमाडौंमा १९ खोप केन्द्रबाट हिजोदेखि अग्रपंक्तिमा खटिनलाई बुस्टर डोज दिन सुरु गरिएको छ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने तथा यसअघि खोप लगाएको कार्ड अनिवार्य लैजान आग्रह गरिएको छ।

प्रकाशित: Jan 18, 2022| 10:17 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्