शुक्रबार, असोज १६, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्री दर ११९ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्री दर ११९ रुपैयाँ ०९ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३५ रुपैयाँ ३५ पैसा र बिक्री दर १३६ रुपैयाँ ०३ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ०९ पैसा र बिक्री दर १६२ रुपैयाँ ९१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७४ पैसा र बिक्री दर १३० रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५१ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०२ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५८ पैसा र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। 

-आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित: Jan 18, 2022| 06:20 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्