काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। २०७८ असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको मन्त्रालयमा सय दिनसम्म गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।
वैदेशिक रोजगारीका बेथिति हटाउन र नयाँ गन्तव्यसँग श्रम सम्झौता गर्ने काममा चासो दिएको उनको भनाइ छ। वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको, बेलायतमा नर्स पठाउनका लागि श्रम सम्झौताको मस्यौदा तयार भएको उनको भनाइ छ।
वैदेशिक रोजागार नीति परिमार्जनका लागि विज्ञ समूह गठन गरेको उनले उल्लेख गरेका छन्।
यस्तो छ सूची