बिहीबार, चैत ५, २०८२

कोभिड-१९ विरुद्ध रोकथाम र नियन्त्रणका लागि ३६ बुँदे आदेश जारी

नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सरकारले ३६ बुँदे आदेश जारी गर्ने निर्णय गरेको हो।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- कोभिड-१९ विरुद्ध रोकथाम र नियन्त्रणका लागि सरकारले ३६ बुँदे आदेश जारी गरेको छ। नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सरकारले ३६ बुँदे आदेश जारी गर्ने निर्णय गरेको हो। 

National life

आदेशमा माघ मसान्तसम्म सबै प्रकारका सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने लगाएतका क्रियाकलाप गर्न रोक लागईएको छ। त्यस्तै माघ मसान्तसम्म  गोष्टि, सम्मेलन समिक्षा बैठकहरु भर्चुअल माध्यम बाहेक भौतिक रुपमा गर्न पाइनेछैन। सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने र सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ।

धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने पाइने बताइएको छ।

त्यस्तै रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ। माघ ७ गते पश्चात खेलकुद कार्यक्रममा खोपको मात्र पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिइने उल्लेख छ। 

विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउन निर्देशन दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2022| 10:30 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्