बिहीबार, चैत ५, २०८२

काठमाडौंका १७ स्थानबाट लगाउन सकिने छ बुस्टर खोप

सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुस्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट बुस्टर खोप लगाउन  सकिने छ।

National life

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर मात्रा उपलब्ध गराउन लागेको छ। गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुस्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो।

काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर मात्रा खोप लगाइनेछ। बुस्टर खोप माघ १४ गतेसम्म लगाइने छ।

काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट खोप लगाउन सकिने छ।

Laxmi sunrise bank
kumari

यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप लगाउन सकिने छ।

प्रकाशित: Jan 17, 2022| 07:35 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्