बिहीबार, चैत ५, २०८२

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 

National life

आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोभिड रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।  

पुस २४ गते प्रचण्डलाई कोभिड संक्रमण पुष्टि भएको थियो। 

कोभिड संक्रमण पुष्टि भएसँगै प्रचण्डले भेटघाट बन्द गरेर होमआइसोलेसनमा बसेका थिए। प्रचण्डको कन्ट्याक्टमा आएका केही माओवादी नेता भने अझै कोभिड संक्रमित नै छन्। 

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ। यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आइतबार सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको थियो। यसैगरी आज ५४ हजार ३१२ जनाले कोरोनाको खोप लगाएका छन्।

प्रकाशित: Jan 16, 2022| 20:03 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्