आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रक्सीको विज्ञापन गरेपछि प्रकाश सपूतमाथि उठेको नैतिक प्रश्न

रक्सीको विज्ञापन गरेपछि प्रकाश सपूतमाथि उठेको नैतिक प्रश्न

पछिल्लो समय निकै रुचाइएका गायक प्रकाश सपूत एउटा रक्सी कम्पनीको प्रचारका लागि गरेको विज्ञापनका कारण आलोचित बन्न पुगेका छन्।
 |  आइतबार, माघ २, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, माघ २, २०७८

काठमाडौं– एकपटक भारतीय अभिनेता अमिताभ बच्चन जयपुरस्थित एक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थिए। त्यतिबेला विद्यालयकी एक छात्राले उनलाई प्रश्न गरिन्, ‘तपाईं किन सफ्ट ड्रिंकको प्रचार गर्नुहुन्छ? जबकि हामीलाई सरहरुले यो त स्वास्थ्यका लागि हानिकारक छ, यो विषसरह हो भन्दै पढाउनुहुन्छ।’

triton college

‘प्रश्न सुनेर म निःशब्द भएँ, तत्काल केही जवाफ फर्काउन सकिनँ,’ सन् २०१४ तिर भारतको अहमदाबादस्थित इन्डिया इन्स्टिच्युट अफ म्यानेजमेन्टले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमिताभले त्यो घटना स्मरण गर्दै भने, ‘मैले गरिरहेको विज्ञापनले स–साना बालबालिकामा पनि कसरी गलत छाप छाडिरहेको रहेछ, त्यसदिन महसुस गरेँ। त्यसपछि मैले पेप्सीको प्रचार बन्द गर्ने निर्णय गरेँ।’

अमिताभ सन् २००२ देखि २००५ सम्म पेप्सीको प्रचारमा लागेका थिए। तर त्यसपछि नगर्ने निर्णयमा पुगेको बताउँदै उनले त्यसबेला थप भनेका थिए, ‘म अचेल कुनै पनि प्रडक्टको विज्ञापन गर्नुअघि त्यसबारे बुझ्छु। त्यसका ग्राहकसँग भेट्छु र त्यसबारे सोध्छु। अझ म धुम्रपान र रक्सीको कहिल्यै विज्ञापन गर्दिनँ किनभने म त्यो लिदिनँ, त्यसैले त्यसको समर्थन किन गरुँ?’

०००

संसारभर कुनै पनि ब्रान्डको प्रचारका खातिर विज्ञापन खेल्नु सेलिब्रेटीका लागि आम्दानीको राम्रो श्रोत मानिन्छ। त्यसैले ठूल्ठूला ब्राण्डहरुले आफ्नो ब्राण्ड प्रचारका खातिर निश्चित पारिश्रमिक दिएर सेलिब्रेटीहरुलाई आफ्नो प्रडक्ट मार्केटिङको हतियार बनाइरहेका हुन्छन्। 

corrent noodles
Metro Mart

तर, पैसाका लागि के र कतिसम्म प्रचार गर्न तयार हुने? संसारभर सेलिब्रेटीहरुमाथि यो प्रश्न तेर्सिरहेकै छ। बलिउडकै उदाहरण लिँदा त्यहाँ थुप्रै कलाकार छन्, जसले नैतिकताको कारण देखाउँदै फेयरनेस प्रडक्टदेखि गुट्का, पान, रक्सी लगायतको विज्ञापन नगर्ने घोषणा नै गरेका छन्। 

अभिनेत्री साइ पल्लवीले दुई करोडसम्म पारिश्रमिकको अफर आउँदा पनि आफूले फेयरनेस प्रडक्टको विज्ञापन नगरेको प्रसंग एक समय भारतमा चर्चाको विषय नै बनेको थियो। आमिर खान, कंगना रनावत, रणविर कपुर लगायतले पनि दर्शकप्रति उत्तरदायी हुँदै यस्ता प्रडक्टको प्रचार नगर्ने घोषणा नै गरेका छन्। 

बलिउडमा थुप्रै चर्चित कलाकार छन्, जसले ‘ब्रान्ड इन्डोर्समेन्ट’मा यस्तो सचेतता र नैतिकता देखाए, उनीहरुले प्रशंसकबाट धन्यवाद त पाए नै, सँगसँगै सर्वत्र वाहवाही पनि बटुले। 

संसारभर कुनै पनि ब्रान्डको प्रचारका खातिर विज्ञापन खेल्नु सेलिब्रेटीका लागि आम्दानीको राम्रो श्रोत मानिन्छ। त्यसैले ठूल्ठूला ब्राण्डहरुले आफ्नो ब्राण्ड प्रचारका खातिर निश्चित पारिश्रमिक दिएर सेलिब्रेटीहरुलाई आफ्नो प्रडक्ट मार्केटिङको हतियार बनाइरहेका हुन्छन्। 

तर, नेपालमा भने पछिल्लो समय निकै रुचाइएका गायक प्रकाश सपूत एउटा रक्सी कम्पनीको प्रचारका लागि गरेको विज्ञापनका कारण आलोचित बन्न पुगेका छन्। उनी ‘सारंगी’ नामको रक्सी कम्पनीको ब्रान्ड एम्बेसडर बनेका हुन्। ब्रान्ड एम्बेसडर बनेपछि उनले फेसबुकमा जसरी ‘सारंगी’को प्रचार गरेका छन्, त्यसमुनि उनका प्रशंसकले व्यापक असन्तुष्टि प्रकट गरेका छन्।

सारंगी नामक उक्त रक्सीको प्रचार सामग्रीमा प्रकाशले मुस्कानसहित रक्सीको बोतल समाएको तस्बिर देख्न सकिन्छ। उक्त सामग्री सेयर गर्दै प्रकाशले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘नेपाली ब्राण्ड पनि भयो, अनि नाम कस्तो मिठो लाग्यो– सारंगी । मिलेर मौलिक संगीत प्रवर्द्धन र ग्रामीण क्षेत्रको शिक्षामा पनि केही सामाजिक कार्य गर्ने योजना सुनाएपछि म सहकार्य गर्न तयार भएँ। कहिलेकाहीँ ठिक्क र राम्रो पिउनेहरुका लागि नयाँ स्वाद हुनसक्छ है।’

प्रकाशले यो स्टाटसमार्फत आफू चोखिनलाई सामाजिक कार्य गर्ने शर्तमा रक्सीको विज्ञापन गरेको आशयमा तर्क गरेका छन्। तर, गीतमार्फत सामाजिक विषयवस्तु र परिवर्तनका कुरा गरिरहेका प्रकाशले यसरी रक्सीको विज्ञापन गरेपछि उनका प्रशंसकले पैसाका लागि जे पनि गर्न तयार भएको भन्दै व्यापक आलोचना गरेका छन्। 

इश्वर ढकालले लेखेका छन्, ‘बेइज्जत... पैसामा हो भने जे पनि सही? सारंगी भनेको नेपाली मौलिक बाजा/धुन/संगीत हो। सारंगीसँग रौसी कसरी जोडियो? यसको सांकेतिक परिभाषा कसरी बुझ्ने? कलाकार/नेता वा अन्य कोही यस्तै यस्तै परिचय बोकेर राष्ट्रका कला/संस्कृतिमाथि दिनदिनै हमला भइरहेको छ। पैसाको पछि आँखा चिम्लेर हिँड्नेहरु समाजबाट आफैं बहिस्कृत हुँदै जानेछन्।’

आचार्य निराजनले पनि उनको पोस्टमुनि कमेन्ट गर्दै लेखेका छन्, ‘पैसाका लागि जेको नि विज्ञापन खेल्न तयार नेपालका कलाकारलाई प्रोत्साहन गर्दै हिँड्नु, शुभकामना। आजकै मितिबाट तपाईंको फ्यान रहिएन।’

उनको पोस्टमा पत्रकार हिमाल लम्सालको प्रतिक्रिया पनि छ, ‘तपाईंजस्तो लोकप्रिय गायकले केही लाख पैसाको लागि रक्सीको ब्रान्डसँग सम्झौता गरेर समाजसेवा गर्न लागेको भन्ने कुराले खुसी लागेन। एउटा सफल कलाकार तथा गायकलाई सीमित स्वार्थ समूहले आफ्नो प्रडक्ट बिकाउनकै लागि प्रयास गर्छन्। तर, तपाईं उनीहरुको गोटी बन्नुभयो, जुन निकै दुःखद् छ। मदिराकै विषयमा केन्द्रित भएर जुन गीत गाउनुभयो, यसले पक्कै पनि तपाईंलाई आर्थिक रुपमा फाइदा होला तर, तपाईंले गीत सुनेर वा भिडियो हेरेर रक्सी सेवन गर्न पनि उत्तिकै प्रोत्साहन गरिरहनुभएको छ नि? चर्चित कलाकार समाजका मार्गदर्शक हुन्। त्यसैले मद्यपान जस्तो स्वास्थ्यलाई घातक हुनेलाई प्रोत्साहन गरेको कुनै पनि हालतमा सुहाएको देखिँदैन।’

प्रकाशले यो स्टाटसमार्फत आफू चोखिनलाई सामाजिक कार्य गर्ने शर्तमा रक्सीको विज्ञापन गरेको आशयमा तर्क गरेका छन्। तर, गीतमार्फत सामाजिक विषयवस्तु र परिवर्तनका कुरा गरिरहेका प्रकाशले यसरी रक्सीको विज्ञापन गरेपछि उनका प्रशंसकले पैसाका लागि जे पनि गर्न तयार भएको भन्दै व्यापक आलोचना गरेका छन्। 

एकपटक स्वस्थ भारत नारासहित उत्पादन भएको ‘स्वर्णसाथी’ प्रडक्टको प्रचारमा पुगेका बेला अभिनेता अक्षयकुमारलाई पत्रकारले सोधेका थिए, ‘बलिउड कलाकारहरु किन धुम्रपान र रक्सीको विज्ञापन गर्छन्?’

त्यतिबेला जवाफमा उनले भनेका थिए, ‘अडियन्सलाई पनि थाहा हुनुपर्छ, कसलाई फलो गर्ने, कसलाई नगर्ने? जे गलत हो, त्यो गलत नै हो। म साथीहरुलाई यस्तो चिजहरुको विज्ञापन नगर्नुस् नै भन्छु। मलाई पनि कैयौं गुट्खा कम्पनीहरुको विज्ञापनको अफर आउँछ। उनीहरु नसोचेको पैसा दिन तयार हुन्छन्। तर, कुरा पैसाको मात्रै हुन्न। मलाई लाग्छ, म स्वस्थ भारत अभियानसँग जोडिँदै गर्दा मैले यस्तो गलत काम गर्नुहुँदैन, त्यसैले गर्न सक्दिनँ।’ 

र, यतिबेला प्रकाशसामु नैतिक प्रश्न उठेको छ– ‘तपाईं जत्तिको कलाकारले पैसाका खातिर रक्सीको प्रचार गर्न सुहाउँछ?’

त्यसो त जनस्वास्थ्य सेवा ऐन, २०७५ दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइनेछैन’ भन्ने उल्लेख छ। यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा समेत ‘प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने’ भनिएको छ। तर, प्रकाशले कानुनका यी विषयलाई नजरअन्दाज गरेको देखिएको छ। हुन त उनलाई यी कानुनी प्रावधानबारे जानकारी नभएको पनि हुन सक्छ। तर कानुनमा एउटा मान्य र प्रचलित सिद्धान्त छ– कानुनको अज्ञानता वा अनभिज्ञता क्षम्य हुँदैन।

प्रकाशित: Jan 16, 2022| 17:14 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।