शुक्रबार, चैत ६, २०८२

धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय भएको छ।

National life

त्यसैगरी बैठक तथा गोष्ठी भर्चुअल रुपमा गर्नुपर्नेछ। कुनै पनि कार्यक्रम नगरी नहुने अवस्था भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षण गरेर मात्रै गर्नुपर्ने, सिनेमा हल, डान्स बार, हेल्थ क्लब, स्वीमिङ पुल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

विद्यालय तथा क्याम्पस माघ १५ गतेसम्म बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मठमन्दिर, गुम्बालगायत धार्मिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजामात्रै गर्ने–गराउने, सुपरमार्केटमा एक पटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि सरकारले गरेको छ। 

पार्टी प्यालेसमा हुने कार्यक्रममा बढीमा ५० जनामात्रै सहभागी हुन पाइनेछ।


प्रकाशित: Jan 16, 2022| 16:50 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्