शनिबार, जेठ २, २०८३

थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ।

यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको थियो। यसैगरी आज ५४ हजार ३१२ जनाले कोरोनाको खोप लगाएका छन्।

प्रकाशित: Jan 16, 2022| 16:36 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्