शनिबार, जेठ २, २०८३

सिनेमा हल र जिमखाना बन्द गर्ने सरकारको निर्णय

सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र जिमखाना बन्द गर्ने निर्णय गरेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

National life

काठमाडौं– सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र जिमखाना बन्द गर्ने निर्णय गरेको छ। अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

कोरोनाको जोखिम बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेको छ भने सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाइएको छ। त्यस्तै राजनीतिक भेला, महोत्सव र सम्मेलनहरुमा प्रतिबन्ध लगाइएको छ। 

प्रकाशित: Jan 16, 2022| 16:03 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्