शुक्रबार, असोज १६, २०८३

नेप्सेमा ६९ अंकको उछाल, परिसूचक २९ सय नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९ सय नाघेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९ सय नाघेको छ। आज नेप्से ६९ अंकले बढेर २९२६.७४ अंकमा उक्लिएको हो।

नेप्सेसँगै कारोबार रकम पनि उकालो लाग्दै गएको छ। आइतबार नेप्सेमा कारोबार रकम साढे ९ अर्ब नाघेको छ। एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजारको कारोबार भएको हो।

बजारका सबै उपसूचकमा हरियाली छाउँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.१४ अंकले बढेको छ। यस्तै उत्पादनमूलक उपसूचक ५.६२ प्रतिशत, अन्य उपसूचक ३.०९ प्रतिशत, विकास बैंक उपसूचक २.७७ प्रतिशत र जीवन तथा निर्जीवन बिमा, व्यापार, हाइड्रोपावर र फाइनान्स उपसूचक २ प्रतिशत माथिले बढेका छन्।

आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार हुँदा १६७ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै १६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा किसान लघुवित्तको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ।

यता बोटलर्स नेपाल तराईको सेयर मूल्य सर्वाधिक २.९७ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको २.५६ प्रतिशत, मैलुङ खोला जलविद्युत् कम्पनीको २.३३ प्रतिशत र न्यादी हाइड्रोपावरको २.२७ प्रतिशतले गिरावट भएको छ।

प्रकाशित: Jan 16, 2022| 15:59 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्