मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजधानीमा बुधबारदेखि चौथो शैक्षिक मेला, ५६ स्टल सहभागी हुने 

राजधानीमा बुधबारदेखि चौथो शैक्षिक मेला, ५६ स्टल सहभागी हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मुल नाराका साथ बुधबारदेखि राजधानीमा चौंथो व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ। पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा मेला आयोजना गर्न लागेको हो।

उक्त शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकको भनाइ छ।

आयोजकको अनुसार ती शैशिक संस्थाहरुको  मेलामा ५६ वटा स्टलहरु रहने छन्। करिब ७ हजार विद्यार्थीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। 

पाठशाला एजुकेसन फाउण्डेशनका निर्देशक सुवास दंगालले यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै गरेका कक्षा १२ को परिक्षा सकेर बसेका सात हजार विद्यार्थीको सहभागिता रहने जानकारी दिए।

त्यस्तै यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालय छ, पूर्वाञ्चल विश्वविद्यालयबाट तीन, काठमाडौं विश्वविद्यालयबाट दुई गरी विभिन्न विश्व विद्यालयको,  सिए,  अध्यापन गराउने संस्थाहरु लागायतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। 

मेलामा १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु युके, मलेसिया, अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने आयोजकको  भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्