शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंक खाता 'खल्ती'मा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

सिभिल बैंक खाता 'खल्ती'मा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ। प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाइ गराउनु पर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Jan 16, 2022| 12:50 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्