काठमाडौं– नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ। पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको कम्पनीले जनाएको छ।
क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ। नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ।
फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो। ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो। नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरण गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो। ट्वारेगले विभिन्न अवार्डहरु जित्दै आएको छ।
नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ जसले अत्यन्तै प्रतिकूल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव दिन्छ।
अति कम उत्सर्जन र प्रभावशाली प्रदर्शन जस्ता दुवै क्षमता भएको ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघण्टा छ। कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३।२५ करोड राखेको छ।