शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धनगढीको चटकपुरमा साथीमार्टको फ्रेन्चाइजी सञ्चालनमा

धनगढीको चटकपुरमा साथीमार्टको फ्रेन्चाइजी सञ्चालनमा

धनगढीको चटकपुरमा साथीमार्टको फ्रेन्चाइजी सञ्चालनमा आएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं– धनगढीको चटकपुरमा साथीमार्टको फ्रेन्चाइजी सञ्चालनमा आएको छ। उक्त फ्रेन्चाइजी माघे संक्रान्तिको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा जातावरणमन्त्री मानबहादुर धामीले उद्घाटन गरे।

मार्टमा दैनिक उपभोग्यका सबै वस्तुहरु उपलब्ध हुने बताइएको छ। भान्सामा प्रयोग हुने सबै सामान, डेरी उत्पादन, तरकारी तथा इलेक्ट्रोनिक सामान अहिले उपलब्ध हुने मार्ट सञ्चालक प्रशाक शाहले बताए। चटकपुर शाखा सञ्चालनमा करिब १ करोड ५० लाख लागत लागेको उनले जानकारी दिए। 

एकै ठाउँमा उपभोक्ताको आवश्यकताका सबै वस्तुहरु उपलब्ध गराउने उद्देश्यले  मार्ट सञ्चालनमा ल्याइएको शाहले बताए। उनले भने, ‘उपभोक्तालाई गुणस्तरीय वस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउँछौं।’ शाह साथीमार्टका सुदूरपश्चिम इन्चार्ज पनि हुन्। साथीमार्टले देशभरीका लागि मार्टहरुका लागि आवश्यक वस्तुहरु कम्पनीबाट सिधै खरिद गरेर आफ्ना मार्टमार्फत बिक्री गर्ने भएकोले बजारको भन्दा केही सस्तोमा उपभोक्ताले सामान पाउने शाहले बताए।

उनका अनुसार साथीमार्टले २० प्रतिशत आफ्नै उत्पादनहरु र बाँकी सामान सिधै कम्पनीबाट खरिद गरेर बिक्री गर्ने गरेको छ।  सुदूरपश्चिममा अहिलेसम्म धनगढीको चौराह, उत्तरबेहडी र दार्चुलामा साथीमार्टका फ्रेन्चाइजी सञ्चालनमा आएका छन्।

एक वर्षभित्र  देशभर २०० फ्रेन्चाइजी पुर्याउने र तीमध्ये २५ वटा सुदूरपश्चिममा हुने उनले बताए। साथीमार्टका अहिलेसम्म देशभर ८९ वटा फ्रेन्चाइजी छन्। 

प्रकाशित: Jan 16, 2022| 11:19 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्