शुक्रबार, असोज १६, २०८३

आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

कोरोना संक्रमण बढेसँगै आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने भएको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- कोरोना संक्रमण बढेसँगै आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने भएको छ। 

गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आज आइतबारदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति हुने वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ। 

यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने सो कार्यालयले जनाएको छ। पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ।

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ। वैदेशिक रोजगार कार्यालयबाट चालू आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाले सेवा लिएको कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 16, 2022| 09:35 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्