शुक्रबार, चैत ६, २०८२

सरकारलाई साँचो बुझाउने मेडिकल कलेज सञ्‍चालकको चेतावनी

निजी मेडिकल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले मेडिकल कलेज र तीनका संचालकहरुमाथि निरन्तर राज्यकै संरक्षणमा विभिन्न किसिमका आक्रमण भइरहेको जनाएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- निजी मेडिकल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले मेडिकल कलेज र तीनका संचालकहरुमाथि निरन्तर राज्यकै संरक्षणमा विभिन्न किसिमका आक्रमण भइरहेको जनाएको छ।

National life

एसोसिएनका अध्यक्ष बसरुद्दीन अन्सारीले शनिबार विज्ञप्ति जारी गरेर यस्तो अवस्था कायमै रहे कलेज बन्द गरेर सरकारलाई साँचो बुझाउन बाध्य हुने बताएका छन्। 

एसोसिएनका महासचिव तथा नोबेल र काठमाडौं मेडिकल कलेजका संचालक सुनिल शर्मामाथि शुक्रबार सिंहदरबार परिसरमा कालोमोसो दलेर गरिएको दुर्व्यवहारको संलग्न दोषीलाई कारबाही गर्नसमेत उनले माग गरेका छन्।

‘एक दशकयता निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरुमाथि विभिन्‍न तवरबाट आक्रमण हुने, भौतिक कारबाहीको धम्की दिने, गाली बेइज्यती गर्नेक्रम भइरहेकोमा निजी क्षेत्रबाट सञ्चालित कुनै पनि मेडिकल कलेज, अस्पतालहरुमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरुमाथि भएका आक्रमणहरुको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ,’ अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले सम्मानित रुपमा व्यवसाय गर्न/गराउन पाउनु नैसर्गिक अधिकार हो। हामीले शान्तिपूर्णरुपमा पटक–पटक राज्यका अंगहरुसँग श्रृंखलाबद्ध रुपमा मेडिकल कलेज व्यवसायीहरुमाथि भइरहेको आक्रमण रोक्न आग्रह गरे पनि कुनै संबोधन नगरेको ठहर गरेका छौं।'

धैर्यताको बाँध फुटिसकेको जनाउँदै अब सबै मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प व्यवसायीहरुसँग नभएको उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

'निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प देखिएन। तसर्थ, कोरोना भाइरसको तेस्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिति सिर्जना नहोस्।’

प्रकाशित: Jan 15, 2022| 21:40 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्