आइतबार, जेठ ६, २०८१

चिनियाँ पत्रकारले एक दशकमा देखेको नेपाल [पुस्तक समीक्षा]

पत्रकारका रुपमा आफूले तयार पारेका टिपोटहरु र समाचार विश्लेषण, आफ्नो नेपाल बसाइका अवधिमा आफूले सम्पर्क गरेका राजनीतिज्ञ, विभिन्न क्षेत्रका विज्ञहरु, उद्योगपति तथा बौद्धिक व्यक्तित्वहरुसँग भएका विचार–विमर्श र लिएका अन्तर्वार्ता लिने क्रममा निस्किएको निष्कर्षमा आधारित लेखहरु पुस्तकमा समावेश छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

लक्ष्मीप्रसाद खतिवडा

लक्ष्मीप्रसाद खतिवडा

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- कुनै एउटा देशको नागरिक अर्को देशमा गएर एक दशकभन्दा बढी काम गर्छ भने त्यो देशको रहनसहन, जीवनशैली, संस्कार–संस्कृति, सामाजिक रिती–थितीबारे जानकार हुन्छ नै। त्यसमा पनि पत्रकारिताजस्तो पेशामा छ भने त राजनीतिक–सामाजिक विषयमा पनि अध्ययन गरेकै हुनुपर्छ।

triton college

मित्रराष्ट्र चीनका पत्रकार चाउ सेङपिङ करिब एक दशकदेखि नेपालमा छन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको काठमाडौं ब्युरो प्रमुख सेङपिङ यहाँको भू–राजनीति, कूटनीतिक मुद्दाहरु, यहाँको पर्यटन, संस्कृति, पर्यावरण आदिबारे चासो राख्छन्। त्यसअघि उनले बेइजिङस्थित सिन्ह्वाको मुख्य कार्यालयमा सम्पादकको रुपमा काम गरेका थिए।

समाचार संस्थाको प्रतिनिधिका हैसियतले सबै क्षेत्र नेपालीहरुसँग साक्षात्कार गर्ने मौका पाए उनले। त्यसैले त आफ्नो नेपाल बसाइका दौरान पुस्तक नै लेखेका छन्। सेङपिङले अंग्रेजी भाषामा लेखेको पुस्तक ’मेन्ड अर इन्ड’ को नेपाली अनुवादसमेत प्रकाशित भएको छ। ‘चिनियाँ पत्रकारका नजरमा नेपाल (सुधार वा समाप्त होऊ’ शीर्षकको पुस्तकमा लेखकले राजनीति, अर्थशास्त्र, संस्कृति र शिक्षा, समाज र पर्यावरण र यात्रा तथा पर्यटन शीर्षकमा लेखहरु संगृहित गरेका छन्।

पत्रकारका रुपमा आफूले तयार पारेका टिपोटहरु र समाचार विश्लेषण, आफ्नो नेपाल बसाइका अवधिमा आफूले सम्पर्क गरेका राजनीतिज्ञ, विभिन्न क्षेत्रका विज्ञहरु, उद्योगपति तथा बौद्धिक व्यक्तित्वहरुसँग भएका विचार–विमर्श र लिएका अन्तर्वार्ता लिने क्रममा निस्किएको निष्कर्षमा आधारित लेखहरु पुस्तकमा समावेश छन्।

पुस्तकमा भएका पाँच खण्डमध्ये राजनीति र अर्थशास्त्र बढी पठनीय लाग्छन्। त्यसमा पनि राजनीति खण्डमा समावेश लेखले परिवर्तनको प्रक्रियामा रहेको नेपालका सबल र दुर्बल पक्षलाई केलाउने काम गरेको छ। आकारमा चीनभन्दा निकै सानो भए पनि इतिहास, भू–बनोट, संस्कृति, प्राकृतिक सुन्दरता र आर्थिक विकासका लागि आवश्यक सामर्थ्यको सम्भावनाका कारण विश्वकै ध्यान खिच्न सक्छ नेपालले। तर, हामीमा लघुताभाषको समस्या छ। यसकै कारण नेपाल माथि उठ्न नसकेको बताएका छन् सेङपिङले।

corrent noodles
Metro Mart

दुई शक्तिशाली छिमेकी चीन र भारतको बीचमा रहेर पनि तिनका उपलब्धि आफ्नो स्वार्थमा उपयोग गर्नुको साटो दलीय स्वार्थमा अल्झिँदा नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको निष्कर्ष छ। व्यक्तिगत, गुटगत तथा दलगत स्वार्थका कारण नेपालले गति पक्रिन नसकेको बताएका लेखकले अहिलेको अन्योलपूर्ण अवस्थाको निदानको पनि संकेत गरेका छन्। उनले गरेका संकेत यथार्थपरक छन्, उनले प्रस्तुत गरेका विश्लेषण र निचोड व्यावहारिक पनि लाग्छन्।

पत्रकारका रुपमा आफूले तयार पारेका टिपोटहरु र समाचार विश्लेषण, आफ्नो नेपाल बसाइका अवधिमा आफूले सम्पर्क गरेका राजनीतिज्ञ, विभिन्न क्षेत्रका विज्ञहरु, उद्योगपति तथा बौद्धिक व्यक्तित्वहरुसँग भएका विचार–विमर्श र लिएका अन्तर्वार्ता लिने क्रममा निस्किएको निष्कर्षमा आधारित लेखहरु पुस्तकमा समावेश छन्।

नेपालको आर्थिक विकासका सम्भावना, प्रकृतिले उपहारस्वरुप प्रदान गरेका विकासका पूर्वाधारको व्यवस्थापन गर्न सक्ने अनुकूल अवस्था र पूर्वाधार बनाउन आवश्यक पर्ने पुँजी व्यवस्थापनबारे पनि लेखकले विश्लेषण र टिप्पणी गरेका छन्। नेपालमा आर्थिक विकासको प्रचुर सम्भावना भएको तर ती सम्भावनालाई यथार्थमा बदल्ने दूरदृष्टि भएको नेतृत्व नहुँदा ती सम्भावनाहरु सम्भावनामै सीमित भएको टिप्पणी सेङपिङले गरेका छन्।

सर्वसम्मत एवं सुविचारित राष्ट्रिय नीति र त्यो नीतिअनुसारको कार्ययोजना अनि कार्ययोजना कार्यान्वयन गर्न आवश्यक तत्परता, अनुशासन र समर्पण भएमात्र कुनै पनि देश समुन्नतिको बाटोमा अघि बढ्ने लेखकको विचार यथार्थपरक लाग्छ।

पछिल्लो समय एक देशले अर्को देशलाई शोषण गर्ने साम्राज्यवादी नीतिको विकल्पमा सबै राष्ट्रहरुबीचको सहकार्य र सबैको हितको रक्षाका लागि भन्दै बीआरआई परियोजना अगाडि सारेको छ। बीरआईका बहुआयामिक पाटाहरुको बारेमा बहस जारी छ। पुस्तकमा बीआरआईको त चर्चा छ नै, नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरु, एमसीसीको भू–राजनीति, नेपालमा चिनियाँ लगानी आदिबारे पनि लेखकले केलाएका छन्।

पुस्तकमार्फत सेङपिङले आफ्नो देशको निकटतम छिमेकी देश नेपाललाई थुप्रै बहुआयामिक सुझावहरु दिएका छन्। आफ्नो गन्तव्यमा पुग्न अलमलिरहेको नेपाललाई बुझ्न यो पुस्तक राम्रो सन्दर्भ सामग्री हुन सक्छ। पुस्तकमा नेपालको बिग्रेको अवस्थाबारे त चिन्ता व्यक्त गरिएको छ नै, लेखक सेङपिङले नेपालप्रतिको प्रेमभाव पनि व्यक्त गरेका छन्।

नेपाललाई चिनियाँ विद्धानहरुले कसरी हेर्छन् भन्ने दृष्टिकोणको परिपक्व प्रस्तुति पनि पुस्तकमा छ। सेङपिङले भनेका छन्– नेपाल एक्लो छैन, उसको साथमा चीन छ। लेखकले नेपालमा रहेका सम्भावनाहरु पनि औंल्याएका छन्। कृषि, जडीबुटी, खानी, पर्यटन, जलविद्युत आदि क्षेत्रमा नेपालले हासिल गर्न सक्ने प्रगतिको बारेमा उनले पुस्तकमा उल्लेख गरेका छन्।  पुस्तक बढेपछि लाग्छ– चाउ सेङपिङ समाचार सम्प्रेषण गर्ने पत्रकारमात्र नभएर आफूले भोगेको अनुभव र देखेका घटनाहरुबाट गहन गहन विचार निकाल्ने सिर्जनात्मक शिल्पी पनि हुन्।

पुस्तकः 'चिनियाँ पत्रकारका नजरमा नेपाल (सुधार वा समाप्त होऊ'
प्रकाशकः जनता सञ्चार गृह प्रालि
लेखकः चाउ सेङपिङ
अनुवादकः नारायणप्रसाद दवाडी
मूल्यः रु. ३५०

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।