आइतबार, जेठ १७, २०८३

कोसी अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोसी अस्पताल विराटनगरका तीन चिकित्सक सहित २६ जनामा कोरोना संक्रमण भएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

विराटनगर- कोसी अस्पताल विराटनगरका तीन चिकित्सक सहित २६ जनामा कोरोना संक्रमण भएको छ। 

National life

बिहीबार सम्म अस्पतालका तीन चिकित्सक सहित १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो। शुक्रबार ११ जनामा थप संक्रमण भएको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन्। उनका अनुसार तीन चिकित्सकहरूमा आँखा, शल्यक्रिया र नसा सम्बन्धीका रहेका छन्। 

२३ जना स्वास्थ्यकर्मीहरूमा पीसीआर प्रयोगशालाका तीन र अन्य नर्स, प्राविधिक लगायत रहेको यादवले बताइन्। उनका अनुसार संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ। 

कोसी अस्पतालमा कोरोना संक्रमणको पहिलो लहरमा चिकित्सक सहित १५०, दोस्रो लहरमा ९० जना संक्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

प्रकाशित: Jan 15, 2022| 08:25 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।