शुक्रबार, चैत ६, २०८२

नर्भिकले कोभिड ओपिडी सेवा सुरु गर्ने

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ। नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालमा आउने अन्य बिरामीलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पताल मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ सञ्चालन गर्न लागिएको बताएका छन्।

National life

माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा संचालन हुनेछ।

कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरूमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ।

चेष्ट फिजिसियनसहितका विशेषज्ञहरुबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गरिनेछ। कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरुलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ संचालन गर्ने नर्भिक संभवत देशकै पहिलो निजी क्षेत्रको अस्पताल समेत हो।

यसअघि नर्भिक तथा अन्य अस्पतालहरुले फिभर क्लिनिक संचालन गरे पनि कोभिड संक्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन्। यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरुमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । 

Laxmi sunrise bank
kumari

निकै सस्तो मूल्यको यो प्याकेज लिएर कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौं बिरामीले गुणस्तरीय परामर्श सेवा र उपचार पाएका थिए।

प्रकाशित: Jan 15, 2022| 06:39 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्