शुक्रबार, चैत ६, २०८२

त्रिविका क्याम्पसमा माघ १० गतेसम्म बिदा, पठनपाठन अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरुलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कोरोना महामारी संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरुलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालयले हिउँदे/वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीलाई हिउँदे/वर्षे बिदाबाट मिलान हुने गरी बिदा दिने निर्णय गरेको हो। 

विश्वविद्यालयले नजिकै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा विद्युतीय माध्यमबाट बिदाका दिनमा पनि यथावत् सञ्चालन गर्ने भएको छ। यसका लागि शिक्षक, विद्यार्थी र कर्मचारीको इमेल आईडी बनाउन विश्वविद्यालयले सम्बन्धित क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ।

विश्वविद्यालयले सञ्चालनमा रहेका परीक्षा भने यथावत् सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउन र तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्न आग्रह गरेको छ।


प्रकाशित: Jan 14, 2022| 22:17 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्