शुक्रबार, चैत ६, २०८२

ओमिक्रोन जोखिम नियन्त्रणका लागि यस्तो छ सरकारको एक महिने आदेश

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन माघ मसान्तसम्मका लागि आदेश जारी गरेको हो।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एकमहिने आदेश जारी गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन  माघ मसान्तसम्मका लागि आदेश जारी गरेको हो।

National life

आदेशमा एक महिनासम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने उल्लेख छ। यस्तै आमसभा, जुलुस र सभा सम्मेलन गर्न पाइने छैन। आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नेलगायत विषय समेटिएको एक मन्त्रीले जानकारी दिए।

‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ मा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषय नै समेटिएको ती मन्त्रीले बताए। मन्त्रिपरिषद् बैठकले विश्वविद्यालयका परीक्षा, लाेकसेवालगायतका जनशक्ति भर्नासम्बन्धी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ। 

नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए। उनका अनुसार बैठकले खोप अभियानलाई  प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jan 14, 2022| 21:09 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्