सोमबार, फागुन १८, २०८२

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगंगा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

बाजुरा- बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगंगा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए। 

यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेकोे उहाँले जानकारी दिए। 

आयतर्फ विभिन्‍न शिर्षकमा कूल चार करोड ५५ लाख ६० हजार ७८२ आम्दानी गर्ने लक्ष्य रहेकामा  हालसम्म रू २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको बताइएको थियो। 

नगरपालिकाको चालुतर्फको कूल रू ३० करोड ८८ लाख ७७  हजार ८२ बजेटमध्ये रू आठ करोड २६ लाख १९ हजार ७९५ खर्च भएको र  पूँजीगततर्फ रू १७ करोड ६७ लाख ३० हजारमध्ये एक करोड २९ लाख ६ हजार ३८  खर्च भएको जानकारी दिइयो। 

विभिन्‍न कार्यविधि पारित गरेको नगरसभाले  नेरा मावि जडाङ्गालाई कक्षा ११ सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरिएको, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि वडा नं ५ बाहेक सबै वडा केन्द्रसम्म सडक पु¥याउन सफल भएको उपप्रमुख  विष्टले  जानकारी दिए।

kumari

प्रकाशित: Jan 14, 2022| 20:50 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।