शनिबार, जेठ २, २०८३

सबै कर्मचारीलाई कोरोना संक्रमण भएपछि ट्रमा सेन्टरको ब्लड बैंक बन्द

राष्ट्रिय ट्रमा सेन्टरको ब्लड बैंकमा कार्यरत सबै कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको ब्लड बैंकमा कार्यरत सबै कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ।

National life

कर्मचारी संक्रमित भएपछि ब्लड बैंकको सेवा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित भएको ट्रमा सेन्टरले जनाएको छ। 

काठमाडौं उपत्यकाका ठूला अस्पताल कोरोना संक्रमणको ‘हटस्पट’ बनेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताललगायत राजधानीका ठूला अस्पतालमा ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण फैलिएको छ।

त्रिवि शिक्षण अस्पतालमा ६० जनाभन्दा बढी र वीर अस्पतालमा ३० भन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन्। दुई दिनयता अस्पतालमा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुने दर बढेको छ, जसले गर्दा अस्पतालको सेवासमेत प्रभावित हुन पुगेको छ।


प्रकाशित: Jan 14, 2022| 17:31 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्