सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संगीत र अभिनयमा चम्कँदै गरेका बब्लुको कलाकर्म गाथा

वेटर, रेडियोकर्मी, रंगकर्मी, कलाकार, गीतकार, संगीतकार, निर्देशक जे भए पनि उनले आफ्नो परिचय गीतसंगीत र गायनमा फराकिलो बनाइरहेका छन्।
 |  शनिबार, माघ १, २०७८
nespernesper

राज सरगम

राज सरगम

शनिबार, माघ १, २०७८

देवेन्द्र बब्लु नेपाली गीतसंगीत र अभिनयमा स्थापित हुँदै गरेको नाम हो। सांगीतिक उचाइ चुम्नका लागि विभिन्न संघर्ष गरी अघि बढिरहेका उनी आफूलाई सांगीतिक क्षेत्रको भेल ठान्छन्।

triton college

२०७२ सालको अन्तिमतिर भिसा नरोकिएको भए यति बेला देवेन्द्र बब्लु जापानको कुनै सहरमा व्यस्त हुन्थे। उनैसँग ‘अप्लाई’ गरेका दुई जना साथीको भिसा आयो तर उनको भिसा आएन। भाग्यले ठगेझैं लाग्यो त्यति बेला उनलाई। तर एउटा द्वार बन्द भए पनि उनी निराश भएनन् नयाँ बाटोतिर मोडिएर सांगीतिक यात्रामा लागे।

बतास बनी छुन आइदेऊ न 

फेरि मेरो हुन आइदेऊ न 

म त पर्खेको पर्खै छु ...।

Metro Mart
vianet

अहिले उनी यही गीतका कारण चर्चामा छन्। २०७६÷७७ को लकडाउनमा उनी बाग्लुङको धम्जा पोखरी डाँडामा थिए। देवेन्द्रले छिमेकी आन्टीले फोनमा चर्कै कुराकानी गरेको सुने, ‘तीन महिना भइसक्यो अब त भेट पनि हुँदैन होला है।’ उनले पनि यस्तै सोचे। साथीहरुलाई भेट्ने दिन पर्खेकै हो, तर कोरोना भयले नजिक हुने सम्भावना थिएन। उनको मनमा आयो– म त पर्खेको पर्खै छु। 

यी हरफलाई उनले आफ्नै मोबाइलको मेमोमा लेखे। लकडाउन खुलेपछि उनी काठमाडौं आए। तर मेमोमा लेखेको हरफ बिर्सिएर अर्कै गीततिर लागे उनी। 

दुई वर्षपछि केही नयाँ गीत गरौं न भन्ने सोचले मोबाइलको मेमोतिर ध्यान दिए। मनमा आक्कलझुक्कल गीतका हरफ आउँदा उनी कोर्थे। र कुनै मोड या घुम्तीमा त्यसलाई गुनगुनाउँथे। उनले भेटे लकडाउनमा कोरेका हरफ। गुनगुनाउदै उनले थप अन्तरा पनि लेखे। 

‘पर्खेको पर्खै भएँ यार’ जस्ता संवाद जनजिब्रोमा सुन्न पाइन्छ। उनले तिनै कुरालाई गीतमा बुने। उनी भन्छन्, ‘कति पर्खें भन्छन्। अझै पर्खेको छुऽ भन्छन् पनि। यही लय समाएको हुँ।’

मुस्कान बनी ओठमा आइदेऊ न 

मलम बनी चोटमा आइदेऊ न। 

म त पर्खेको पर्खै छु।

२६ वर्षीय देवेन्द्रले संगीतको कुनै कक्षा लिएका छैनन्। जे सिके ‘भेगीय हिसाब’ले सिके। सानो छँदा दाजुहरु गएको कार्यक्रममा उनी पनि पुग्थे। कसैको घरमा बच्चा जन्मियो भने गाउँले सबै मिलेर नाच्दै गाउँदै उत्सव मनाउँथे। कसैको घरमा शोक परे सबै मिलेर शोक गीत गएर दुःख व्यक्त गर्थे। कसैको बिहे हुन लाग्यो रत्यौली गाउने, नाच्ने गर्थे। घाँसदाउरा लिन जंगल जाँदा उतै घाँसी गीतहरु गाउने गर्थे, मेलापातमा पनि गाउँदै रमाइलो गर्दै काम गर्ने प्रचलन थियो। परिवारको साइलो छोरोको रुपमा जन्मिएका देवेन्द्रको बाल्यकाल परिवारसँगै धम्जाका खेतबारीमा मेलापात र जंगलमा घाँसदाउरा गर्दै, आफूभन्दा ठूला’ ले गाएको सुन्दै गाउन सिक्दै बित्यो। देवेन्द्रकी आमा पनि घाँसदाउरा जाँदा मिठो गीत गाउँथिन्। भन्छन्, ‘मेरो पारिवारिक वातावरण गाउने बजाउने थियो। आमा पनि अत्यन्तै मिठो गाउनुहुन्थ्यो।’


उनका दुई दाजु काठमाडौं आए। भाइ र बुवा भारततिर थिए। घरमा उनी आमासँग बढी बस्न पाए। आमाले बनपाखा, खेतबारी, पानीपँधेरो गर्दा गुनगुनाएका गीत नै उनको मनमा बस्दै गयो। भन्छन्, ‘मलाई आमाको प्रभाव अलि बढी प¥यो।’

उनी गाउँघरमा हुने रमाइलोमा मात्रै पुग्थेनन्। स्कलमा हुने सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुन्थे। 

दिनभर हिँडेर सदरमुकाम पुगेर रेडियो किनेर एफएम सुनेको सम्झना पनि ताजै छ उनलाई। सडक, बत्ती थिएन। रेडियो पनि कमै मात्रामा भएकाले मनोरञ्जनको माध्यम भनेकै जम्मा भएर गाउनु नाच्नु थियो। गाउँमा बाल क्लब, युवा क्लब, आमा समूह लगायत धेरै समूह थिए जसले विभिन्न अवसरमा कार्यक्रम आयोजना गरी रमाउने वातावरण मिलाउँथे। देउसीभैलो खेल्ने, विविध सांस्कृतिक कार्यक्रम गर्ने, स्कुलको वार्षिकोत्सवमा सांस्कृतिक गतिविधिमा उनी सक्रिय हुन्थे। यस्तै सांगीतिक वातावरणले उनलाई गायक र गीतकार बनाएको हो।

आफूले सिर्जना गरेको गीतमध्ये उनलाई मन पर्ने ‘मनमाया’ हो। भन्छन्, ‘मलाई मनमाया चिनायो।’

त्यो गीत बनाउनुको किस्सा यस्तो छ –

देवेन्द्र सर्ट फिल्म बनाउन चाहन्थे। उनले स्क्रिप्ट लेखे। रंगकर्मी पशुपति राई र उनी आफैंले अभिनय गरे। छायांकन गर्न कास्कीको एउटा गाउँमा पुगे। फर्केर स्क्रिप्टअनुसार सम्पादन गर्न थाले। यसै बेला दिमागमा गीतको भूत चढ्यो उनलाई। उनले भिडियो हेर्दै गीतको शब्द कोरे –

डरै लागेजस्तो लाजै लागेजस्तो 

माया बसेजस्तो .... 

अनि देवी घर्ती र आफ्नै स्वरमा गीत रेकर्ड गराए। उनले सर्ट फिल्मको सपना बिर्सिएर गीतलाई युट्युबमा रिलिज गरे। सबैले रुचाइदिए। कथा, निर्देशन, गीत, संगीत, अभिनय सबै उनैले गरे गीत हिट पनि भयो। 

विधागत विषय पढेका होइनन् उनले। सबै कामले सिकायो। भन्छन्, ‘कामले काम सिकाउँदोरहेछ।’

कैयौंपटक गीत कम्पोज गरेर उनी एरेन्जरसँग बसेका छन्। एरेन्जरको हप्की खाएका छन्। भन्छन्, ‘डुबेर महसुस गरेर बनाउँछु। कहीं न कहीं चिप्लिहाल्छ।’

सांगीतिक क्षेत्रमा आउनुअघि उनले पनि सहरमा अनेक दुःख गरे। दुःखलाई उनले जहिल्यै सिकाइका रुपमा लिए। उनी भन्छन्, ‘जापान जान नपाएपछि सहरमा भड्किएँ।’

वेटर हुँदाको खुसी

गाउँमा एसएल.सी पास गरे। २०७० मा काठमाडौं आए। सँगैका साथीहरु कोही ‘इन्डियन लाहुरे’ बन्न लाग। कोही अन्य काम गर्न लागे। उनी भने दाजु प्रकाश सपूत सम्झिएर पढ्न आए।

गायक प्रकाश सपूत पनि गीतसंगीतमै संघर्ष गर्दै थिए। देवेन्द्र १२ कक्षा पढ्दै गर्दा प्रकाश सपूतको दोहोरी ब्याटल गीत चलिरहेको थियो। उनले सम्झिए, ‘दाइ उकालो हिँड्दै हुनुहुन्थ्यो।’

उनकै दाजु प्रकाशले पत्रकारिता पढ्न सुझाव दिएपछि काठमाडौंका एक विद्यालयमा भर्ना भए, उनी। 

दाजु स्टेजमा गीत गाउँथे भने रेस्टुरेन्टमा काम गर्थे। राति एक बजेसम्म काम गरेर बिहान कलेज जान्थे। महिनाको ३५ सय रुपैयाँ तलब थाप्थे। ‘साहुले मेरो काम मन पराएर वेटर बनाइदिनुभयो’, उनले भने। 

बिहानको कक्षा लिएपछि दिनभरि के गर्ने? काम गर्ने मुड बनाए। काम खोजिदिन उनले दाजु (प्रकाश)लाई नै अनुरोध गरे। प्रकाशले ठमेलको ‘गामबेसी दोहोरी साँझ’मा काम लगाइदिए। जहाँ प्रकाश दोहोरी गाउँथे। 

दाजु स्टेजमा गीत गाउँथे भने रेस्टुरेन्टमा काम गर्थे। राति एक बजेसम्म काम गरेर बिहान कलेज जान्थे। महिनाको ३५ सय रुपैयाँ तलब थाप्थे। ‘साहुले मेरो काम मन पराएर वेटर बनाइदिनुभयो’, उनले भने। 

वेटर गर्न थालेपछि उनले ६ हजार तलब पाउन थाले। पढाइ र कामलाई दुई वर्ष सँगसँगै अघि बढाए। प्लस टु सकेर जापान उड्ने तयारीमा लागे। यसका लागि ६ महिना भाषा सिके। आवेदन दिए। भिसा नआएपछि उनी मोडिए पत्रकारितातिर। 

‘ती दिन दाजुु(प्रकाश)को पनि संघर्षका दिन थिए। ‘आफू त झनै जिरो थिएँ। खासै ठूलो आँट थिएन’, देवेन्द्र भन्छन्, ‘आफूसँग खास उद्देश्य नभएपछि निकै अलमलमा परिने रहेछ। म खुबै अलमलिएको थिएँ।’

रेडियोदेखि शैली थिएटरसम्म

गाउँघरमा उनी खुबै रेडियो सुन्थे। रेडियोमा बोलेका मानिसले झैं उनी बोल्न रुचाउँथे। बोल्दाबोल्दै गीत आउँदा अझै उत्सुक हुन्थ्यो उनलाई रेडियोसँग। रेडियोप्रति आफ्नो लगाव भएकाले नै उनले रेडियोमा छिर्ने माध्यम खोजे। ती माध्यम बने बाग्लुङका सुवास कँडेल। सुवास सगरमाथा रेडियोमा टेक्निसियन थिए। २०७३ तिर टेक्निकल सिक्ने लोभले देवेन्द्र सगरमाथा रेडियोमा गए।   

तीन वर्ष उनले रडियो सगरमाथामा बिताए तर टेक्निसिएन भएर होइन, रेडियो जकी भएर। ट्रेनी भएर गएका देवेन्द्र सगरमाथा रेडियोकै जागिरे भए। सगरमाथा रेडियोमा उनले तीनवटा कार्यक्रम चलाउन पाउँथें। ‘फिल्मी कार्यक्रम’, ‘फोन इन कार्यक्रम’, र बालबालिकासँग सम्बन्धित कार्यक्रम चलाउँथे।

सगरमाथा रेडियोका इन्चार्ज नवराज बुढाथोकीसँग उनको राम्रै चिनजान भयो। उनै बुढाथोकीको संगतले देवेन्द्र पुगे– शैली थिएटर। 


गम्भीर स्वभावका देवेन्द्रले थिएटरमा काम गर्दै जाँदा चार वर्ष बिताए। करिब डेढ वर्षजति त खाने–बस्ने सबै थिएटरमै गरे। शैली थिएटरसँग उनको गहिरो सम्बन्ध छ। हाल रातो पुलमा बनेको ‘शैली’ को थिएटर निर्माणमा पनि उनको पसिना-माया मिसिएको छ। थिएटर यात्राले उनीभित्र लुकेको गीतसंगीत झ्यागिँन थाल्यो। 

थिएटर घर नहुन्जेलसम्म देवेन्द्र प्रायः ‘रसियन कल्चर सेन्टरमा मञ्चन हुने शैलीका नाटकमा अभिनय गर्थे, गीत लेख्थे र म्युजिकदेखि लाइटसम्मका काम गर्न भ्याउँथे। एकअर्कासँग सिक्दै काम गर्दै जाँदा उनले ‘लिड एक्टर’ का रुपमा ‘माटोको फूल’ नामक नाटकमा अभिनय गरे। यही नाटकले उनको सांगीतिक यात्रा तय गरिदियो। नाटकमा उनले एउटा गीत लेखेका थिए : 

कसरी कसरी माया बस्यो बेसरी...

नाटक हेरिसकेपछि दर्शकले यो गीत गुनगुनाउँदै बाहिरिए। कसरी बोलको गीत रेकर्ड गर्न सुझाव दिए। उनी निकै हौसिए। भन्छन्, ‘दर्शकले भनेको कुरालाई सिरियस लिएर गीत रेकर्ड गरें। 

गीत रेकर्ड गरेपछि भिडियो पनि बनाए। प्रतिकृया राम्रै पाए। २०७४ सालमा रिलिज भएको ‘कसरी’ गीतले उनलाई अन्य गीत निकाल्न हौसाइरह्यो। उनले ‘साइँली साइँली’, ‘मायालु’, ‘दिल दुख्यो’, ‘एक्लै जान सक्छ्यौ’ ‘भेटै हुन्न कि’, जस्ता गीत रचना गरे। 

गीत हिट भए पनि आफूलाई हिट मान्दैनन्। देवेन्द्र भन्छन्, ‘मलाई धेरैले प्रकाश सपूतको भाइ भनेर चिन्छन्।’

प्रकाश सपूतको साइँलो भाइ हुन् देवेन्द्र। नागरिकतामा देवेन्द्र विक छ। सांगीतिक क्षेत्रमा उनले देवेन्द्र ‘बब्लु’ लेखेका छन्। भन्छन्, ‘घरपरिवार गाउँघरमा बब्लु नामले बोलाउँछन्। मैले त्यसलाई मर्न नदिन देवेन्द्रसँग जोडेको हुँ।’
प्रकाश सपूतको साइँलो भाइ हुन् देवेन्द्र। नागरिकतामा देवेन्द्र विक छ। सांगीतिक क्षेत्रमा उनले देवेन्द्र ‘बब्लु’ लेखेका छन्। भन्छन्, ‘घरपरिवार गाउँघरमा बब्लु नामले बोलाउँछन्। मैले त्यसलाई मर्न नदिन देवेन्द्रसँग जोडेको हुँ।’

गीतसंगीतको भेलमा आफू मिसिएर बगेको जस्तो मात्रै लाग्छ उनलाई। उनी भन्छन्, ‘म त भेल हुँ एकनासै बग्ने त दाइ हुनुहुन्छ। उहाँको जस्तो हिट म हुन सक्दिनँ।’

देवेन्द्र आफ्नो परिचय काफी मान्दैनन्। कहीं न कहीं उनलाई खोज्नेहरुले प्रकाश खोजेको पाउँछन्। आफ्नो परिचय दिएपछि पनि मान्छेहरु झुक्किएर प्रकाश सपूतको भाइ होइन तपाईं भन्नेहरु पनि भेटे उनले। भन्छन्, ‘मेरो सिर्जना मात्र चर्चित भएको हो। दाइ नाम र काम दुवैले चर्चित हुनुभएको हो।’ 

देवेन्द्रले म्युजिक भिडियोमा अभिनय गर्न प्रकाश सपूतलाई ‘अफर’ गरे। ‘पानपाते ठुली’ तीजको गीतमा प्रकाशलाई नचाए। अनि ‘डाँडेघरे साइँली’, नमस्कार जस्ता गीतमा पनि अभिनय गराए। निर्देशन उनको रुचि त होइन तर टिममा बसेर काम गर्ने कोसिस गरेको बताउँछन्। भन्छन्, ‘म्युजिक भिडियोका कथा तथा स्क्रिप्टहरु लेख्ने भएकाले अलिकति सजिलो होस् भनेर निर्देशन गरेको हुँ।’

निर्देशनमा उनी सन्तुष्ट छैनन्। बरु उनलाई गायन र अभिनय नै मन पर्छ। त्यसै क्षेत्रमा उनी क्रियाशील रहन चाहन्छन्। अभिनयप्रति उनी सधैं लोभिन्छन्। उनले फिल्म गणपतिमा पनि अभिनय गरे। 

वेटर, रेडियोकर्मी, रंगकर्मी, कलाकार, गीतकार, संगीतकार, निर्देशक जे भए पनि उनले आफ्नो परिचय गीतसंगीत र गायनमा फराकिलो बनाइरहेका छन्। उनी भन्छन्, ‘कामभित्रैको काम हो भनेर निर्देशनको काम गर्छु नत्र त मेरो त खास रुचि गायन र अभिनय नै हो।’ 

प्रकाशित: Jan 15, 2022| 11:38 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।