शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार'

'सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताए।

सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताउँदै अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यहीअनुसार बुझ्नुपर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनका लागि आवश्यक नीति निजी क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताए

उनले सरकार हरेक व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीति क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनुपर्ने बताए। सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातका लागि निर्णय गर्ने बताए। व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने उनको भनाइ थियो।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीतिअनुसार अगाडि बढ्नुपर्ने बताए । उनले दुईपक्षीय व्यापार बिस्तारका लागि सरकार, निजी क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताए। फुयाँलले मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको बताउँदै सरकार अहिले पूर्वारधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्ने सुझाव दिए।

सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वय गर्नुपर्ने भन्दै सदस्य फुँयालले सरकारले दुईपक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताए। उनले संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताए।

प्रकाशित: Jan 14, 2022| 18:10 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्