काठमाडौं– समृद्धि फाइनान्सले २० औँ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरेको छ।
साधारणसभा कम्पनीको प्रधान कार्यालय रहेको हेटौंडा मकवानपुरको होटेल एभोकोडा आर्किड रिसोर्टमा सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीकोे अध्यक्षतामा सम्पन्न गरेको हो।
सभामा भौतिक र भर्चुअल माध्यमबाट शेयरधनीहरुले सहभागीता जनाएका थिए। साधारणसभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।