शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा क्यासब्याक

यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा क्यासब्याक

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक पाइने अफर ल्याएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक पाइने अफर ल्याएको छ।

यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ।

बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३, २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।


प्रकाशित: Jan 14, 2022| 17:55 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्